गृहपृष्ठ ∕ समाचार ∕ बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघको बालगृह तथा अनाथालयलाई विशेष अनुरोध बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघको बालगृह तथा अनाथालयलाई विशेष अनुरोध दीप जङ्ग शाह चैत्र १०, २०७६ गते २१:०५ मा प्रकाशित काठमाडौं – पछिल्लो समयमा विश्वमै समस्याको कडी बनेको कोरोना भाइरसले बालबालिकाहरुमा पनि निकै ठूलो चुनौती दिएको छ। बालबालिकाहरुको हक हितमा काम गरिरहेका बालगृह तथा अनाथालयमा अधिकांश बालबालिकाको आफ्नो परिवार रहेको र विषम परिश्तिति सृजना भएमा बालगृह तथा अनाथालयले बोझ धान्न सम्भव नहुने लगाएतको विविध समस्या आइपर्ने देखिएको छ ।यसै कुराको मध्यनजर गर्दै बालबालिकाको निमिक्त गैर सरकारी संस्था महासंघ नेपालले आजै एक विज्ञप्ति जारी गर्दै बालगृह तथा अनाथालय संचालकहरुमा “कोभिड –१९ भाइरस“ सम्बन्धमा विशेष अनुरोध गरेको छ। महासंघका अध्यक्ष मनोज कुमार कंडेलद्वारा जारी विज्ञप्ति अंश जस्ताको त्यस्तै :बालबालिकाको निमिक्त गैर सरकारी संस्था महासंघ नेपालको बालगृह तथा अनाथालय संचालकहरुमा “कोभिड –१९ भाइरस“ सम्बन्धमा हार्दिक अनुरोध :१) नेपालका बालगृह तथा अनाथालयमा ८० प्रतिशत बालबालिकाहरुको परिबार भएको (यूनिसेफ अनुसार) र हाल १६००० (नेपाल सरकार) भन्दा बढि बालबालिकाहरु बालगृह तथा अनाथालयमा रहेको यस जोखिम अबस्थामा ति बालबालिकाहरुलाई उनीहरुको परिबारमा फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं । अनिश्तिकालीन स्कूल तथा कलेजहरु बन्द रहेको यस अबस्थामा ति बालबालिकाहरुले उनीहरुको परिबारमा पारिबारिक माया ममताको विच घरयासी कामकाज तथा शिपहरु समेत ज्ञान आर्जन गर्ने र “कोभिड –१९ भाइरस“को जोखिमबाट समेत झन बढि सुरक्षित रहने हुदाँ जिम्मेदारी पूर्बक ति परिबारबाट टाढा रहेको बालबालिकाहरुलाई परिबारमा बस्ने व्यवस्था मिलाउन बालगृह तथा अनाथालय संचालक तथा नेपाल सरकारको सम्बन्धीत निकायलाई समेत बालगृह तथा अनाथालय संचालकहरुलाई आबश्यक सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।२) कुनै बालबालिकाहरुको अभिभावक यस अबस्थामा बालबालीकाहरुलाई लिन आएको अबस्थामा उनीहरुलाई समेत अन्य बालबालीकाहरुबाट टाढा राख्ने र उनीहरु कसरी आए र उनीहरु बाटोमा आउदा र घर जादाँ हुने जोखिमलाई अत्यधिक कम हुने गरि बालबालिका पठाउने व्यवस्था गर्नु हुन समेत हार्दिक अनुरोधछ ।३) सुनिएको छ कतिपय बालगृह तथा अनाथालयहरुले अझै पनि विदेशी तथा स्वदेशी स्वयंसेवकहरु बालगृह तथा अनाथालयहरुमा राख्ने गरिएकोछ (अपुष्ट समाचार) । हामी सम्पूर्ण बालगृह तथा अनाथालयहरुलाई तल्काल कुनै पनि बिदेशी तथा स्वदेशी स्वयसेवकहरु बालगृह तथा अनाथालयमा कार्यरतछन् भने तुरुन्त हटाउन र कम्तीमा आउदो ३ महिनाको लागी कुनै पनि स्वदेशी तथा विदेशी स्वयसेवकहरु नलिन हार्दिक अनुरोध गर्दछौं ।४) पूर्ण रुपमा नयाँ तथा पुराना आगन्तुतहरु जुन स्वदेशी, विदेशी तथा बालगृहरुको सहयोगी तथा दातृ संस्थासँग सम्बन्धीत बिदेशीहरुलाई समेत बालगृह तथा अनाथालयमा आगमन निशेष गर्नुहोस् ।५) कुनै पनि बालगृह तथा अनाथालयमा १०÷५ काम गर्ने, हाफ समय तथा सिमित समय मात्र काम गर्ने कर्मचारीहरु छन् भने उनीहरुलाई कि आबाशिय कर्मचारी बनाउनुस कि तल्कालको लागी १ महिना विदा दिएर बालगृह तथा अनाथालयमा आबाशिय कर्मचारीहरु मात्र राख्नुहोस् ।६) नेपाल सरकारको मापदण्ड अनुसार बालगृह तथा अनाथालयहरुलाई पूर्ण स्वच्छ तथा सफा बनाउनुस् र बालबालिकाहरुलाई हाइजेनिक जिबन र यसको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई बालगृह तथा अनाथालयलाइ स्वच्छ तथा सफा बनाउन पुर्ण सहभागी गराउनुस जसबाट उनीहरुले आज सिकेको शिप तथा व्यवहार जिवन उपयोगी हुनेछ ।७) बालबालिकाहरुलाई अति आबश्यक अबस्थामा बाहेक बाहिर निस्कन नदिने र बालगृह तथा अनाथालय भित्र उनीहरुलाई आबश्यक मनोरान्जन तथा घरभित्र खेल्न सकिने खेल समाग्रीहरुको व्यवस्था उनीहरुलाई योगा जस्ता जिवनउपयोगी ज्ञान दिने व्यवस्था गर्नुहोस् ।८) यस अबस्थामा अती आबश्यक खाध्य समाग्रीहरु, ओषधी लागाएतको अभावहुने हुदाँ बालगृह तथा अनाथालयहरुलाई सहज बातवरणमा अत्यबश्यक समानहरु पाउने व्यवस्था मिलाई दिन हुन यस महासंघको नेपाल सरकारलाई विशेष आग्रह गर्न चाहान्छु ।९) बालगृह वा अनाथालयमात्र होईन कुनै पनि क्षेत्र जहाँ समुहमा रहनु पर्ने हुन्छ जस्तै अस्पताल, व्यरेकहरु उच्च जोखिममा रहेको हुन्छ । हाल सम्म सम्पूर्ण बालगृहहरुमा संरक्षित बालबालिकाहरु पूर्ण रुपमा स्वस्थ रहेकाछन् । कुनै पनि नराम्रो अबस्था आउन नदिनको लागी उच्च सर्तकता अपनाउन सम्पूर्ण बालगृह तथा अनाथालयहरुलाई हार्दिक अपिल गर्दर्छौ ।१०) कुनै पनि जोखिम तथा शंकाको अबस्थामा सम्पूर्ण बालगृह तथा अनाथालयहरुले तल्काल १०४ मा सम्पर्क गरि आबश्यक सहयोगको व्यवस्था समेत गर्नको लागी नेपाल सरकारले व्यवस्था गर्नको लागी नेपाल सरकार सम्बन्धीत निकायलाई हार्दिक अनुरोध गर्दछौं ।११ ) यस सम्बन्धमा कुनै पनि बालगृहहरुलाई आबश्यक पर्ने सम्पूर्ण सहयोगको लागी यस बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघले यस संस्थाको अध्यक्ष श्री मनोज कुमार कँडेलको संयोजनमा समिती समेत बनाई कार्य गरिहेको हुदाँ यस ९८५१०२१३७१ मा सम्पर्क गर्न हुन हार्दिक अनुरोध गर्दछौं । साथै यस कार्यमा सहकार्य गर्न इच्छुक संस्थाहरुलाई समेत हात बढाउन हार्दिक अनुरोध गर्दछु ।अध्यक्ष : मनोज कुमार कँडेल, बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ, नेपाल, भृकुटीमन्डपमहासंघको इमेल ठेगाना : crights@gmail.comक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा