यूरोपको एकमात्र देश, जो कोरोना संक्रमणसँग डराएको छैन

बेरारुस – केही दिन यता, कोरोनाभाइरसको संक्रमणले युरोपका कयौँ मुलुक नराम्ररी प्रभावित भएका छन् । पछिल्लो समय युरोपलाई नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ भन्न थालिएको छ । किनकि, युरोपमै कोरोना संक्रमणका कारण सबैभन्दा बढी मानवीय क्षति भएको छ ।
यसका बाबजुद युरोपको एउटा मुलुक भने कोरोना संक्रमणबाट रत्तिभर प्रभावित तथा विचलित देखिएको छैन । आफ्नो निकट छिमेकी मुलुक रुस र युक्रेन कोरोना संक्रमणका कारण नराम्ररी प्रभावित भइसक्दा पनि बेलारुस भने सामान्य दैनिकीमै छ । जबकि रुस र युक्रेनले कोरोना संक्रमण रोक्नका लागि कडा प्रतिबन्धका कार्यक्रम लागू गरिसकेका छन् ।
युक्रेनले चाँडै नै कोरोना रोकथामका लागि आपतकाल घोषणा गर्ने भएको छ । रुसले सबै विद्यालय तथा कलेज बन्द गरिसकेको छ भने सार्वजनिक कार्यक्रममा रोक लगाइसकेको छ ।
बेलारुस भने सामान्य अवस्था मै छ । बेलारुसको सबै सीमा खुला छन् भने मानिसहरु नियमित काममा व्यस्त छन् । त्यहाँ खाद्यान्न तथा अत्यावश्क सामान किन्न मानिसहरुको घुइँचो पनि छैन, मानौं सबै कुरा सामान्य नै छ ।
‘आतङ्कित हुन जरुरी छैन’
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले तत्काल बेलारुसमा कोरोना संक्रमण रोकथामका लागि भन्दै कडा कदम चाल्न आवश्यक नरहेको बताएका छन् ।
मंगलबार चीनका राजदूतसँग छलफलपछि उनले भने, ‘घटनाहरु भइरहन्छन्, त्यसलाई लिएर मानिस आतङ्कित नहोउन् भन्ने जरुरी हुन्छ ।’
बेलारुसले सिनेमा घर बन्द गरेको छैन, न त सार्वजनिक कार्यक्रममा नै कुनै प्रकारको रोक लगाइएको छ । बेलारुस विश्वका ती सीमित मुलुकमा पर्दछ जसले फुटबल प्रतियोगिता पनि रोकेको छैन । बेलारुसमा सामान्य अवस्थामा जस्तै फुटबल प्रतियोगिता भइरहेको छ, छिमेकी मुलुक रुसका दर्शकका लागि टेलिभिजनमार्फत फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भइरहेको छ ।
ट्याक्टरले रोक्छ कोरोना !
राष्ट्रपति लुकाशेन्कोले हालै भनेका थिए, ‘कोरोना भाइरसलाई एउटा ट्याक्टरले रोक्छ ।’
उनका यी भनाइ बेलारुसको सोशल मिडियामा निकै चर्चामा रहे । कयौँले उनका यस्ता अभिव्यक्तिको आलोचना पनि गरे ।
यद्यपि उनको सो अभिव्यक्ति बेलारुसका किसानलाई लक्षित गरिएको थियो । उनले आफू मदिरा सेवनबाट टाढै रहेको जानकारी दिँदै कोरोना रोक्नका लागि आवश्यक परेमा एक घुट्को भोड्का पिउन सक्ने पनि बताएका थिए ।
बेलारुसका नागरिक विश्वमै महामारीका रुपमा देखा परेको कोरोना संक्रमणबाट बेखबर छैनन् । उनीहरु यो भाइरसको बढ्दो संक्रमणप्रति चिन्तित छन् । आफ्नो मुलुकमा पनि यो भाइरसको संक्रमण भित्रिएको हुन सक्ने उनीहरुको आँकलन छ । त्यसैले कयौं विद्यार्थी बिरामी भएको बहानामा विद्यालय आउन छाडेका छन् ।
राष्ट्रपति लुकाशेन्कोले आतङ्कित हुनु पर्ने अवस्था नरहेको बताए । उनका अनुसार विदेशबाट बेलारुस आउने सबैको स्वास्थ्य परीक्षण गरिएको छ ।
उनले भने, ‘दिनमा एक–दुई जनाको नतिजा पोजेटिभ आएको छ, उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।’
उनले मानसिक तनाब लिनु पनि निकै खतरनाक हुने बताए । ‘चिन्ता कोरोना भाइरसभन्दा पनि खतरनाक हुन्छ,’ उनले भने ।
उनले गुप्चतर निकायलाई समाजमा भ्रम फैलाउनेहरुलाई नियन्त्रणमा लिन र कारवाहीको दायरामा ल्याउन आदेश दिएका छन् । बेलारुसमा अहिलेसम्म कोरोना संक्रमणका ८६ मामिला प्रकाशमा आएको छ भने दुई जनाको मृत्यु भएको छ । यद्यपि सरकारले कोरोना भाइरसकै कारण मृत्यु भएको भनेर पुष्टि गरेको छैन ।
बेलारुस कयौं अर्थमा युरोपका बाँकी मुलुकभन्दा फरक छ । बेलारुस युरोपको त्यस्तो एकमात्र मुलुक हो जहाँ मृत्युदण्डको सजाय कायम छ ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस