राहत लगेर जनताको घर पुगे वडाध्यक्ष केसी

दाङ्ग, लमही नगरपालिका वडा नम्बर ९ ले वडामा रहेका अति बिपन्न बर्गका एक सय पचास घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
हिज शुक्रवार र आज शनिवार गरेर वडाका रिहार, तेलिया, कोल्तरा, तरुलिया, हर्दवा, स्याले, बांगेताल, जलकुण्डी र अमिलियाका बिपन्न घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।
राहत वितरण गर्दा संख्याको आधारमा गरिएको लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीले जानकारी दिए । पच्चीस केजी चामल, एक लिटर तेल, दुई किलो दाल, दुई किलो नुन लगायतको सामान दिइएको छ । नगरपालिकाकै बिकट गाउँको रुपमा चिनिएको त्यस क्षेत्रका स्थानीयले अप्ठ्यारो परिस्थितका बेला वडाध्यक्ष राहतको प्याकेज लगेर घरैमा पुग्दा खुशी भएका छन् । अहिले तत्कालका लागि हातमुख जोड्न समस्या भएकालाई राहत उपलब्ध गरिएको र अझै समस्या नपरेकालाई फेरी राहत उपलब्ध गराईने वडाध्यक्ष केसीले बताए ।
राहत वितरण गर्दा एकाधको गुनासो आउनु स्वाभाविक भएको केसीको भनाई छ । दुखको बेला कसैलाई काखा र पाखा नगरिने समेत बताएका छन् । हामीले सबै गाउँका टोल बिकास समितिका अध्यक्षलाई अति भन्दा अति बिपन्न बर्गको घरपरिवार पहिचान गर्न भनेका थियौ र सोहि अनुशार उहाँहरुले सिफारिस गरेको आधारमा राहत सामाग्री बाडिएको वडाध्यक्ष केसीले बताएका छन् ।
लमही नगरपालिकाको कोरोना विपद राहत कोषमा राखिएको पचास लाख मध्ये बाट सबै वडाहरुलाई पांच÷पांच लाख छुट्टाईएकोे छ । पहिलो चरणको राहत बितरणमा पचास प्रतिशत रकमले बिपन्न बर्गका परिवारलाई खाद्यान्न बाडिएको हो । बाकि अन्य बिपद आईहाल्यो भने त्यहि पैसाले फेरी सहयोग गर्नका लागि जगेडा राखेका छौ वडाध्यक्ष केसीले भने ।
वडा नम्बर ९ का वडाध्यक्ष केसी यति बेला जनताको सुख दुख बुझ्नका लागि सबै गाउँ बस्ति र टोलमा खटिएका छन् । रातदिन राहत ओसारपसारमा तल्लिन भएका छन् । जनताले सेवा र बिकास गर्नका लागि मलाई मत दिएर जिम्मेवारी सुम्पिएका छन, मैले पनि त्यो जिम्मेवारी बहन गरेको छु त्यसैले विपदको बेला मैले नगरे कसले गर्छ वडाध्यक्ष केसीले भने ।
लमही नगरपालिका वडा नम्बर ९ का सबै जसो गाउँ र बस्तीमा दलित र जनजातिहरुको संख्या बाक्लो रहेको छ । त्यो बस्तीका स्थानीयहरूमा सांझ बिहान हातमुख जोड्न पनि निकै सकस हुने गर्दछ ।
यिनै समस्यालाई मध्यनजर गरेर त्यस्ता समुदायका मानिसलाई वडा नम्बर ९ को कार्यालयले राहत बाडेको बताएको छ । अब पहिलो चरणको राहत सकिएको बताउदै देशको अबस्था बुझेर अन्य कार्यक्रम अघि बढाउने वडा सदस्य खिम बहादुर योगीले बताए ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस