अग्निपिडितलाई राहत प्रदान

दुख हरण यादव
दाङ्ग, नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल दलित संघ क्षेत्र न १ देउखुरीले संयुक्त रुपमा गढवाका अग्निपिडितलाई सहयोग गरेको छ ।
आगलागी जस्तो दैबिक प्रकोप सहेर बसेको अग्निपिडित को घाउमा थोरै भए पनि मलमको काम गर्ने नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष किरण पौडेलले बताउनु भयो । थोरै सहयोगले पीडितलाई राहत हुने भएकोले सहयोग गरेको सभापति पौडेलले बताए ।
गढवा गाउँपालिका वडानं ६ मनिकापुरमा गत बिहिबार भएको आगलागीका पिडित लाई नेपाल तरुण दल क्षेत्र नं १ देउखुरी अध्यक्ष किरण पौडेल तथा नेपाल दलित संघ क्षेत्र नं १ देउखुरी सभापती प्रबल रसाइली, नेपाली काङ्ग्रेस युबा नेता बिकाश बुढाथोकी, नेपाली काङ्रेसका क्षेत्रीय प्रतिनिधि भुलन गुप्ता,नेपाल तरुण दल क्षेत्रीय वरिष्ठ उपाध्यक्ष किरण बिक्रम शाह सहितको टोलिले अग्नि पिडित ६ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।
प्रती परिवार २५ किलो चामल,३ किलो दाल,१ किलो नुन र १ पोका खानेतेल सहयोग गरिएको नेपाल तरुण दल का क्षेत्र नं १ का सभापति किरण पौडेलले बताए ।
गत बिहिबार बिधुतको तार सर्ट हुँदा कृष्ण बहादुर सुनार,भक्त बहादुर सुनार,बिनोद सुनार,ऋशी राना र बिष्णु रानाको घर गोठ जलेर नष्ट भएको थियो । साथै उक्त आगलागी बाट नेत्र गिरीको नगद सहत्तरी हजार रुपैयाँ जलेर खरानी भएको थियो।
क्याटेगोरी : प्रदेश ५
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस