गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारले पठायो नेपाललाई अत्यावश्यक ७ लाख ४२ हजार थान स्वास्थ्य सामग्री कतारले पठायो नेपाललाई अत्यावश्यक ७ लाख ४२ हजार थान स्वास्थ्य सामग्री दीप संञ्चार वैशाख १७, २०७७ गते २०:४७ मा प्रकाशित काठमाडौं । कतारले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई आवश्यक पर्ने सामग्रीहरु पठाएको छ ।एक विज्ञप्ती प्रकाशित गर्दै कतार फण्ड फर डेभलपमेण्टका तर्फबाट नेपाल सरकारलाई कोभिड १९ सँग लड्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको जनाएको हो । यसअघि गत सोमवार कतारका अमिर शेख तामिम वीन हमाद अल थानीले नेपाललाई तत्काल स्वास्थ्य सामग्री पठाउन निर्देशन दिएका थिए ।सहयोग अन्तर्गत थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान लगायत गरी जम्मा ७ लाख ४२ हजार थान सामग्री कतारले पठाएको हो ।विज्ञप्तीमा भनिएको छः कोरोनाको महामारी नियन्त्रणका लागि नेपाल सरकारलाई मद्दतका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कतार फण्ड फर डेभलपमेण्टका महानिर्देशक खलिफा वीन जासिम अल कवारीले यो सहयोग मित्र मुलुकलाई कोभिड-१९ विरुद्दको लडाईमा हातेमालो गर्न गरिएको जनाएका छन् ।यो कोरोना भाईरसको संक्रमण रोक्न विश्वव्यापी रुपमा एकअर्कालाई गर्नुपर्ने सहयोग अन्तर्गत नै नेपाललाई सहयोग गरिएको महानिर्देशक अल कवारीले बताएका छन् । नेपाललाई पठाइएको स्वास्थ्य सामग्रीहरु यसअगाडी इरान, लेवनन, ईटाली, ट्युनिसिया तथा रुपाण्डालाई पठाइए जस्तै भएको जनाइएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा