गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ जापानका २८ वर्षीय चर्चित रेसलरको कोरोना संक्रमणबाट मृत्यु जापानका २८ वर्षीय चर्चित रेसलरको कोरोना संक्रमणबाट मृत्यु दीप संञ्चार जेठ १, २०७७ गते १:१२ मा प्रकाशित एजेन्सी – जापानमा २८ वर्षीय युवा सुमो रेसलरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विश्वमा कोरोना संक्रमणका कारण रेसलरको मृत्यु भएको यो पहिलो घटना हो । सञ्चारमाध्याहरुका अनुसार रेसलर सुबोसीले एक महिनासम्म कोरोना संक्रमणका विरुद्ध निकै संघर्ष गरे तर अन्तमा बुधबार बिहान उनको निधन भयो । सोबुशी टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर हुन् ।जापान सुमो एसोसियसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रेसलर सोबुशीलाई अप्रिल ५ देखि ज्वारो आएको थियो । उनले सुरुमा स्थानीय स्वास्थ्यकर्मीहरुसँग उपचारका लागि पहल गरेका थिए । तर फोन व्यस्ता भएका कारण सुरुमै स्वास्थ्यकर्मीहरुसँग उनको सम्पर्क हुन सकेन ।त्यति मात्र होइन, ज्वरो आएकै कारण धेरै अस्पतालहरुले उनलाई भर्ना समेत लिन मानेनन् । अन्तमा जब उनको खकारमा रगत बग्न थाल्यो, त्यसपछि मात्र उनलाई अप्रिल ८ मा टोकियो अस्पताल भर्ना गरिएको थियो ।’ उनको खकारमा रगत देखिएपछि चिकित्सकहरुलाई कोरोना संक्रमणको विषयमा अध्ययनका लागि नयाँ चीज प्राप्त भएको सञ्चारमाध्यामहरुले दावी गरेका छन् ।एएफपीका अनुसार सोबुशीको प्रारम्भिक परीक्षणमा नतिजा नेगेटिभ आएको थियो तर अप्रिल १० मा अर्को अस्पतालमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको थियो । उक्त अस्पतालमा उनलाई अप्रिल १९ देखि चिकित्सकहरुको विशेष निगरानीमा राखिएको थियो । अन्तत उनको मृत्यु भयो । यद्यपि, जापानमा धेरै कम मात्रामा रेसलर र प्रशिक्षार्थीहरु कोरोनाबाट संक्रमित रहेका छन् ।सुमो संघका प्रमुख हक्काकुले उनको मृत्युले आफुलाई स्तव्ध पारेको बताए । जापानमा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या १६ हजार ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ सय ७८ पुगेको छ ।क्याटेगोरी : एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा