गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पत्रकार महासंघ कतारका अध्यक्षलाई पितृ शोक पत्रकार महासंघ कतारका अध्यक्षलाई पितृ शोक हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा : अध्यक्ष मियाँ दीप संञ्चार जेठ १७, २०७७ गते २३:०५ मा प्रकाशित दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई पितृ शोक परेको छ । दीप संचार मिडियाका अतिथि सम्पादक समेत रहेका पत्रकार मियाँका बुबा अमिर बक्स मियाँको शनिबार निधन भएको हो।मियाँको तनहुँ जिल्ला शुक्लागण्डिकी नगरपालिका ५, स्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको थियो । ८५ वर्षीय पिता बिक्रम सम्बत १९९२ मा स्याङ्जामा जन्मिएका थिए।पत्रकार महासंघ कतारले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिता प्रति गहिरो समवेदना प्रकट गरेको छ। सचिव दिल कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा शुभचिन्तक्, सहयोगी, समाजसेवी तथा समाजका अभिभावक पिताको दिवङगत आत्मा प्रति श्रध्दाञ्जली व्यक्त गर्दै यस दु:खको घडीमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।स्वर्गिय मियाँका ७५ वर्षीय श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । वैदेशिक रोजगारका क्रममा विगत २० वर्ष देखि कतारमा रहेका अध्यक्ष मियाँ तेस्रो सन्तान हुन्।पत्रकार मियाँका दाजु आमिर दिन मियाँ पनि व्यवसायका क्रममा कतार मै रहेका छन् । ब्रेन ट्यूमरले ग्रसित बुबालाई लकडाउनका कारण भेट्न जान नपाएकोमा पत्रकार मियाँले दुख व्यक्त गरेका छन्।पत्रकार मियाँले फेसबुक मार्फत सम्भव हुनेले बुबाको अन्तिम सस्कारमा सहभागी भैदिन आफन्त एवं छिमेकीलाई आग्रह गर्दै भनेका छन्, “९ दशकमा नजान्नु कैयौं संघर्ष गरे। जिवनको अन्तिम घडीमा, अन्तिम श्वाससम्म छोराहरुको बाटो कुरेर बसे हाम्रा बा ले। हाम्रो बा को अन्तिम संघर्ष अधुरो रह्यो, हामी आउन सकेनौं, हामी फस्यौं परदेशमा बा!’ “अल्विदा बा” इन्ना लिल्लाही व इन्ना इलैहे राजेऊन।”क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा