गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रुकुम घटनाको बिरुद्द दाङ्गको गढवामा बिरोध र्याली रुकुम घटनाको बिरुद्द दाङ्गको गढवामा बिरोध र्याली प्रिया स्मृती गजमेर जेठ २१, २०७७ गते १२:४२ मा प्रकाशित दाङ्ग – जाजरकोट र रुकुमका दलित तथा गैर दलित युवाहरुको हत्याको बिरोधमा दाङ्गको गढवामा बिरोध प्रर्दशन भएको छ ।जाजरकोटका दलित युवा नवराज बिश्वकर्मा र रुकुम चौरजहारीकी सुष्मा मल्लको प्रेम सम्बन्धलाई लिएर जेष्ठ दश गते सुष्माका आफन्तले नवराज सहित ६ जनालाई लखेटी लखेटी कुटपिट गरेर भेरी नदीमा फालेका थिए । ६ जना युवा मध्ये नवराज र अर्का एक युवाको शब् तत्काल प्रहरीले फेला पारेको थियो भने अन्य युवाहरुको केहि दिन पछि मात्र शब् भेटिएको थियो ।घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग राख्दै दाङ्ग देउखुरीको गढवा स्थित रहेको दलित शसक्तिकरण अभियानले विरोध प्रदर्शन गरेको हो । राजनीतिक आडमा दोषी उम्कन सक्ने भन्दै राज्यलाई बेलैमा सचेत भएर घटनाको सत्य तथ्य छानबिन गरेर पिडितलाई न्याय दिनु पर्ने बताएका छन् । दलित माथि विभेद गरे कानुनतः कारबाही हुने संबिधानमा उल्लेख गरेपनि कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेका छन् ।गढवाको जनता माध्यामिक बिद्यालय देखि शुरु भएको र्याली गढवा गाउँपालिका कार्यालय हुँदै चोकमा फर्किएर कोण सभामा परिणत भएको थियो । सभालाई अभियानका अध्यक्ष बेगमराज गहतराज, उपाध्यक्ष जयकला बि. क., अम्मर सुनार, गेहेन्द्र दुधराज, ज्ञानबहादुर परिवार, तिलक परियार, कमला नेपाली, दुर्गा बहादुर सुनार लगायतले सम्बोधन गरेका थिए ।अभियानले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबलाई ज्ञापन पत्रपनि बुझाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा