गृहपृष्ठ ∕ समाचार ∕ कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना पोजेटिभ कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना पोजेटिभ दीप संञ्चार जेठ २३, २०७७ गते १८:५८ मा प्रकाशित कपिलवस्तु – कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार यशोधरा गाउँपालिका–७ का मात्र २९ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा– ७ का ८ महिने बालकमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै महाराजगञ्ज नगरपालिकामा १५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए ।कपिलवस्तुका १० स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । यहाँमात्रै संक्रमितको संख्या १ सय ३५ पुगेको छ । यशोधरापछि महाराजगञ्ज नगरपालिकाका ६५ जना, मायादेवी गाउँपालिकाका ५४ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिका ९चन्द्रौटा० मा ४८ जना, शुद्धोधन गाउँपालिकामा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।कपिलवस्तु नगरपालिका ९तौलिहवा० मा २८ जना, बुद्धभूमि नगरपालिकामा २५ जना, बाणगंगा नगरपालिकामा २२ जना र विजयनगर गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ फोकल पर्सन थापाका अनुसार जिल्लाका १२ सय जना भन्दा बढीको प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छ । कपिलवस्तुमा हालसम्म ५ हजार ९ सय जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।शुक्रबारको रिपोर्टसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा