गृहपृष्ठ ∕ समाचार ∕ राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरियआइसोलेसन,जेष्ठ २८ देखि विरामी राखिने राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरियआइसोलेसन,जेष्ठ २८ देखि विरामी राखिने प्रिया स्मृती गजमेर जेठ २३, २०७७ गते २०:५१ मा प्रकाशित दाङ – देउखुरीको राप्ती गाउँपालिकामा स्थापना गरिएको देउखुरी स्तरीय देउखुरी काेराेना अाइसुलेसन सेन्टरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आज शुक्रबार बृहत छलफल भएको छ ।प्रदेश नम्बर ५ का सांसद इन्द्रजित थारू, प्रदेशसभा सदस्य प्रदेश नं. ५ का कानुन समिति सभापति दामा शर्मा, देउखुरीका चारवटा पालिका प्रमुख, नेपाली सेना र स्वास्थ्यकर्मी विच देउखुरी काेराेना अाइसाेलेसन सेन्टरलाई व्यवस्थापन गर्ने बारे राप्ती गाउँपालिकाका अध्यक्ष नुमान्नद सुबेदिकाे संयाेजकत्वमा सात सदस्यीय र दुई सल्लाहकार सहित तदर्थ समिति गठन गरेकाे छ ।समितिले राप्ती प्राविधिक शिक्षालयमा देउखुरी स्तरिय काेराेना विशेष अाइसाेलेशन सेन्टर एकसय बेड निर्माणका लागि तत्काल देउखुरीका चारवटा पालिकाले एक हप्ता भित्र पहिलो पटकका लागि पन्ध्र लाख काेषमा जम्मा गर्ने निर्णय समेत गरेको छ । यस्तै शुक्रबार समितिले देउखुरीमा स्थापना हुन लागेको काेराेना अाइसाेलेशन केन्द्रकाे नाम काेराेना विशेष देउखुरी अाइसाेलेशन सेन्टर माैरीघाट राखेको राप्ती गाउँपालिकाका अध्यक्ष तथा संयाेजक नुमानन्द सुबेदीले बताए ।राप्ती गाउँपालिकाबाट अाइसाेलेशन केन्द्रकाे स्थलगत निरिक्षण गरि अावश्यक न्यूनतम पूर्वाधारकाे तयारी गर्ने र सम्पूर्ण खर्चकाे अभिलेख राख्ने तथा अाइसाेलेशन सेन्टर संचालन गर्नकाे लागि अावश्यक जनशक्ति याेजना तयार गरि चारवटै पालिकाले जेठ २७ गतेभित्र खटाउने निर्णय गरेकाे संयाेजक सुबेदीले जानकारी दिए । उक्त अाइसाेलेशन सेन्टरको नेपाली सेनाले पुरै सुरक्षाको जिम्मा लिनेछ ।जेठ २८ गतेदेखि विरामीलाई उपचारको लागि भर्ना गरिने भएको छ । यता लमही नगरपालिकाले नेत्रलाल अभागि स्मृति भवनलाई काेराेना विशेष अाइसाेलेशन सेन्टरकाे रूपमा स्थापना गर्न लागेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न