गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार दीप संञ्चार जेठ २४, २०७७ गते २१:०५ मा प्रकाशित काठमाडौं : शनिबार बसेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा सरकारले लकडाउनकै बीचमा आर्थिक गतिविधिलाई सुचारु सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल गरेको छ।प्रधानमन्त्री कार्यालय सचिव नारायण विडारीले जानकारी दिए अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकमा आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय र अत्यावश्यक सेवाका क्षेत्रमा सहजता दिलाउँदै जाने विषयमा छलफल भएको हो ।लकडाउन लम्बिदै जाँदा आर्थिक क्रियाकलापसमेत ठप्प भएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने तयारी अनुसार चरणवद्ध रुपमा आर्थिक क्रियाकलाप सञ्चालनका लागि सरकारले सहजिकरण गर्नेगरी छलफल अगाडि बढाएको सचिव विडारीको भनाइ छ। तर आर्थिक क्रियाकलाप सञ्चालन गर्ने विषयमा तयार भएको मस्यौदामा छलफल भए पनि निर्णय भइनसकेको सचिव विडारीको भनाइ छ।२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म गर्ने सरकारको निर्णयप्रति केही व्यवसायी आक्रोशित बनेर उद्योग खोल्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी स्वरुप छलफल थालेको हो। प्रधानमन्त्री केपी ओलीले अघिल्लो मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटिबारे स्पष्ट खाका ल्याउन उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेललाई निर्देशन दिएका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन