गृहपृष्ठ ∕ समाचार ∕ जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरियो : सांसद गिरी जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरियो : सांसद गिरी दीप संञ्चार जेठ ३१, २०७७ गते २२:२४ मा प्रकाशित काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन्।प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी गिरीले आफूले संशोधन राखेपछि धेरै फोहोरो गालीगलौज सामना गरेको बताइन्।‘म महिलाको रूपमा बोल्दैछु – या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो। महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ,’उनले भनिन्। उनले थप भनिन्, ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’, गिरीले भने, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्यो। महिलाहरूले निर्माण गर्नुभयो।’उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन्।‘जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं। यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन’, गिरीले भनिन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन