गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए साउदी बाट ८ महिला सहित १५३ जना नेपालीहरु पहिलो चार्टर उडान मार्फत नेपाल फर्किए शुक्र मोक्तान असार ५, २०७७ गते १८:४३ मा प्रकाशित रियाद – साउदी अरबमा बहिर्गमन भिषा लिईसकेका नेपाली श्रमिकहरू विगत तिन महिना देखी विश्व व्यापी कोरोना भाईरसको कारण उत्पन्न महामारीले गर्दा नेपाल जान नपाई विभिन्न प्रकारको समस्याहरूको सामाना गरीरहेका मध्ये नेपाल सरकारले तय गरिएको प्राथमिकताको आधारमा प्राथमिकतामा परेका ३३ सय १३ जना मध्ये १८ जुन २०२० का दिन हिमालय एयरको एच ९ ५६०२ उडान बाट १५४ जना नेपाली श्रमिकहरू साउदी अरबको पूर्वी शहर दम्माम एयरपोर्ट बाट स्वदेश फर्किएका छन्।नेपाल फर्किनै पर्ने नेपाली श्रमिकहरू संगै उक्त विमानमा साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका मध्ये १ जनाको लाश पनि नेपाल फर्किँदै छ। गैर आवसिय नेपाली संघको निरन्तर समन्वय र नेपाली नियोगहरूको पहलमा नेपाल सरकारले श्रमिक स्वयंले सम्पूर्ण खर्च व्यहोर्ने गरी उक्त उडानको सहजीकरण गरेका थिए।भने टिकट शुल्क अत्याधिक भएको भनि चौतर्फी विरोध र आलोचना भए पश्चात पहिलो निर्धारित समय तालिका अनुरूपको उडान हुन सकेको थिएन ।यसका साथै दुताबासले संयोजन गर्ने गरी अन्य कुनै पनि विमान चार्टर गरी नेपाली श्रमिकहरू स्वदेश आउन सकिने भनि गत जेष्ठ ३० शुक्रबार क्याबिनेटले निर्णय गरे पनि कार्यन्वयन हुन सकेन र निर्धारण गरिएको मुल्यमा पुनर्विचार गरी हवाई कम्पनीले मुल्य घटाए पश्चात अहिलेको उडान भएको हो।“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन अर्को उडानहरू २० जुनमा दम्माम बाट र २१ जुनमा रियाद बाट हुने तय भएको छ भने उक्त उडानको लागी दुताबासमा आएको निवेदन र नेपाल सरकारले तोकेको आधारमा यात्रुहरूको नामावली नेपाली दुताबास रियादले सार्वजनिक गरिसकेको छ । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न