गृहपृष्ठ ∕ समाचार ∕ ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली पक्राउ ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली पक्राउ दीप संञ्चार असार ९, २०७७ गते २१:०२ मा प्रकाशित सिड्नी – अष्ट्रेलियामा अनलाईनबाट ठगी गरेको आरोपमा एक महिला र एक पुरुष गरि दुइ नेपाली समातिएका छन् । उनीहरुलाई वृद्ध अष्ट्रेलियनलाई टेलिफोन गरि पैसा ठगी गरेको आरोप लागेको छ ।न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार गत जुन १९ शुक्रवार ८५ वर्षीय महिलाले आफु ठगीमा परेको उजुरी गरेकी थिईन् । लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । ठगहरुले बैंकको प्रतिनिधी बनेर ती महिलालाई टेलिफोन गरि उनको बैंक खातामा समस्या आएर बन्द गरि नयाँ खाता खोल्नुपर्ने सुझाएको विज्ञप्तीमा भनिएको छ ।नयाँ खातामा जम्मा गर्नका ३ हजार डलर दिनुपर्ने भन्दै ठ’गहरुले ती महिलालाई विश्वास दिलाएका थिए । पैसा लिन उनीहरु नक्कली कुरियरकर्मी बनेर ती वृद्धाको पारामाट्टा नजिकैको टेलोपीस्थित घरमै गएको प्रहरीले जनाएको छ । पैसा दिएपछि शंका लागेर ती वृद्धाले प्रहरीलाई उजुरी गरेकी थिईन् । प्रहरीमा उजुरी परेपछि पनि ती समुहले टेलिफोन गरेर थप ५ हजार डलर मागेका थिए । पैसा लिन आएका बेला २२ जुन सोमबार साझ प्रहरीले यी दुइ नेपालीलाई ती वृद्धाको घर नजिकैबाट समातेको हो ।पक्राउ पर्ने महिला २२ वर्षकी छिन् भने पुरुष १९ वर्षका छन् । उनीहरुलाई पारामाटा अदालतले थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको छ । सोधपुछका क्रममा यी दुइ अन्तरदेशिय ठगहरुको गिरोहमा संलग्न रहेको र पैसा संकलन गरेर विदेशमा पठाउन सक्रिय रहेको खुलेको छ । अनुसन्धानका क्रममा यो समुहले अन्य थुप्रैलाई फोन गरेर बैक खाता खोल्न लगाई नक्कली कुरियरकर्मी बनेर पैसा भुक्तानी लिएको बुझिएको छ ।जागिरको प्रलोभनमा परेर नेपाली विद्यार्थीले आफ्नो परिचयपत्रहरु जताभावी पठाउदा अष्ट्रेलियामा उनीहरुको कागजात दुरुपयोग हुने क्रम समेत बढेको छ । अष्ट्रेलियामा गत वर्ष मात्रै साढे ४ सय मिलियन डलर भन्दा बढी रकम अनलाईनबाट ठ’गी भएको छ ।- जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न