गृहपृष्ठ ∕ समाचार ∕ ३ लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार, मासिक किस्ता १४ हजार मात्रै ३ लाख ८० हजार डाउनपेमेन्टमै सुजुकी कार, मासिक किस्ता १४ हजार मात्रै दीप संञ्चार असार ९, २०७७ गते २२:२२ मा प्रकाशित काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ ।यो स्किम अन्तर्गत ग्राहकले न्युनतम ३ लाख ७९ हजार ९०० रुपैयाँ डाउनमेपेन्टदेखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्टदेखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सक्नुहुनेछ ।यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौ सय १३ रुपैयाँदेखि र कमर्शियल मोडेल खरिद गर्दा मात्र ९ हजार ७३४ रुपैयाँदेखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ । फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुनेछ ।फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुनेछ ।कम्पनीका अनुसार अहिले कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले नेपाली ग्राहक अन्यौलमा परेको छ । तथापी, आफ्नो र आफ्नो परिवारको सुरक्षा अहिले सबैको प्राथमिकताको विषय हो । तसर्थ, आफ्ना मानिसको सुरक्षाका लागि र कार खरिद गर्ने सपनालाई साकार बनाउन सुजुकीको अफरले मद्दत गर्ने अपेक्षा सीजी मोटोकर्पको छ ।कम्पनीका अनुसार यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन