युएईबाट १ हजार ८ सय स्वदेश फर्किए

युएई – कोभिड १९ को कारण अहिले विश्व आक्रान्त छ । यसको असरबाट विदेशमा कार्यरत नेपालिहरु अछुतो छैनन ।
अझ महामारीका कारण रोजगारी गुमाउने को सँख्या पनि ठूलै छ । कोभिड १९ को संक्रमण सँग सँगै विभिन्न कारणले समस्यामा परेका नेपालिहरु दुतावासको समन्वय र सहजिकरणमा युएईबाट घर फर्कने क्रम शुरु भैसकेको छ ।
दुतावसले जारी गरेको प्रेष विज्ञप्ति अनुसार गत १९ जुन देखि आज २७ जुन सम्ममा निर्धारित ११ वटा चार्टर उडान मार्फत १ हजार ८ सय ८९ जना नेपाली नेपाल फर्किएको साथै यो क्रम जारी रहेको जनाएको छ । चार्टर उडानको तोकिएको भाडा महँगो हुन अझ एयरलाइन्स पिच्छे फरक भाडा डर र तोकिएकै एयरलाइन्स मार्फत जानू पर्ने वाध्यताले जनगुनासो बढिरहेको थियो । तर पछिल्लो समयमा दुतावासको पहलमा केही सहजता आएको छ ।
यो सँगै अब पुर्वनिर्धारित चार्टर फ्लाईटहरु नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स, एयर अरेबिया र फ्लाई दुबईका उडानहरुमा अब यात्रुले आफुलाई पायक पर्ने मिति र एयरलाईन्सको टिकट बुक गर्न सक्नेछन्। यसका लागि दूतावासले ४ हजार १ सय १० जना यात्रुको एकीकृत नामावली प्रकाशन गरिसकेको छ ।
दुतावसले जारी गरेको अनलाइन फारम भरेर घर फर्कन तयार भएर बसेका बाँकी नेपालीहरुको नाम पछि सार्वजनिक गर्ने बताईएको छ। यसअघि दूतावासले अलग अलग एयरलाईन्सका लागि अलग अलग नामावली प्रकाशन गर्ने गरेको थियो। दूतावासले अप्रिल २८ देखि खुलाएको अनलाइन फारम भर्नेहरुको संख्या ३० हजार नाघिसकेको दूतावासले जनाएको छ।
क्याटेगोरी : गल्फ
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस