गृहपृष्ठ ∕ समाचार ∕ बेल्जियम प्रहरीद्वारा युरोपियन सांसदलाई मानहानी मुद्दा बेल्जियम प्रहरीद्वारा युरोपियन सांसदलाई मानहानी मुद्दा एजेन्सी असार १७, २०७७ गते २१:३७ मा प्रकाशित ब्रसेल्स – बेल्जियमको राजधानी ब्रसेल्सको प्रहरी बिभागले युरोपियन संसदकी सदस्य पिएरेट हर्जबर्गर फोफाना बिरुद्ध संगठनको मानहानी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।अफ्रिकी मुलकी साँसद फोफानाले ब्रसेल्सको उत्तरी रेल स्टेसनमा प्रहरीले आफुलाई दुर्व्यबहार र जबर्जस्ती गरेको र उक्त कार्य नस्लबादी भएको आरोप लगाएकी थिईन । १७ जुनमा भएको युरोपियन संसदको बैठकमा आफ्नो भनाइ राख्दै उनले प्रहरीले अफ्रिकी मुलका किशोरहरुलाई अनाबस्यक बल प्रयोग गरेको भिडियो रेकर्ड गर्न लाग्दा अपशब्द प्रयोग गर्दै दुर्व्यबहार गरेको बताएकी थिइन ।युरोपले स्वीकार गरेको बहु सान्स्कृतिक समाज बिरुद्धको प्रहरी कार्यबाहीको भ्रत्सना गरिएको उनको सम्बोधनलाई समकक्षी सांसदहरुले लामो तालीको गडगडाहट सहित् उत्साहपूर्ण प्रतिकृया दिएका थिए । युरोपियन संसदमा लागेको आरोप सत्य नभएको र त्यसबाट प्रहरी संगठनको छबी खराब भएको भन्दै प्रहरीले फोफानालाई मानहानीको मुद्दा लगाएको हो ।फोफानाका वकिल एलेक्सिस देस्वाफले प्रहरीको आरोप आफ्नो दोष लुकाउन गरिएको प्रपोगन्डा भएको र उसको यस्तो कार्य कुनै नौलो नभएको प्रतिकृया दिएका छन । आफु सँग बसेल्स प्रहरीको नस्लबादी सोचले ग्रसित झुट्टा मुद्दा र मानबअधिकार हननका सयौ फाइलहरु भएको र तथ्य , प्रमाणको आधारमा प्रहरीले गरेको गल्तीमा अदालतले दन्ड गर्ने आशा ब्यक्त गरे ।संयुक्त राज्य अमेरिका लगायत संसार भर चली रहेको ब्ल्याक लाइब्स म्याटर आन्दोलनका बेल्जियन अगुवहाँरुले पनि बेल्जियन प्रहरीले नस्लबादी ब्यबहार गरेको आरोप लगाउदै आएका छन । रङभेद बिरुद्धको अभियानमा सकृय ग्रीन पार्टीकी सान्सद फोफानाले पत्रकारहरुलाई प्रतिकृया दिदै आफुले आवाज बिहिनको आवाज युरोपियन संसदमा बोलेको र यो आफ्नो कर्तब्य भएको बताएकी छिन् ।उनी युरोपियन पार्लियामेन्टमा जर्मनीबाट प्रतिनिधित्व गर्ेर सांसद भएकी हुन । – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न