गृहपृष्ठ ∕ समाचार ∕ दाङकी युवतीको ‘लाइभ सुसाइड भिडिओ’ फेसबुकले हटायो दाङकी युवतीको ‘लाइभ सुसाइड भिडिओ’ फेसबुकले हटायो दीप संञ्चार असार २०, २०७७ गते ७:३४ मा प्रकाशित दाङ – फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ शुक्रबार फेसबुकले हटाएको छ।तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।उनको त्यो भिडिओ हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै पत्राचार गरेको थियो।घटनाको झन्डै ३५ घन्टापछि बल्ल शुक्रबार मध्यान्ह १२ बजेतिर उक्त भिडिओ फेसबुकले हटाएको छ।प्रहरीले उक्त भिडिओ हटाउन नसकेपछि त्यो हटाउनका लागि फेसबुकलाई पत्राचार गरेको थियो।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले उक्त भिडिओ हटाउनका लागि मोबाइल पसलमा पुगेर प्रयास गरे पनि त्यो सम्भव नभपछि इप्रकाबाट साइबर क्राइम ब्यूरोलाई खबर गर्नुपरेको बताएका थिए।प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लक खोल्न नसकेपछि भिडिओ हटाउन समय लागेको हो।‘मोबाइलको लक खोल्ने प्रयासहरू धेरै भए। प्रहरी बजारका सबै मोबाइल पसलहरूमा पुग्यो,’ डिएसपी सिंहले भने ‘तर कसैले पनि प्याटर्न खोल्न सकेनन्, त्यसलै गर्दा मोबाइल पनि काठमाडौंमा पठाउनुपर्दा ढिलाइ भयो।’मृतकले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकोले मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा मोबाइल खोल्न सम्भव नभएको तथा समयमै भिडिओ हटाउन पनि नसकिएको डिएसपी सिंहले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न