गृहपृष्ठ ∕ समाचार ∕ सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते जीएनएन साउन ३, २०७७ गते १०:२२ मा प्रकाशित धरान – सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ। तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको थियो।नेपाल-भारत सीमा नजिकैको मोरम चोकमा तस्कर समूहले अवैध सामान नेपाल भित्र्याउँदै गरेपछि सशस्त्र प्रहरीले बरामत गर्न खोज्नासाथ तस्कर समूहले ढुङ्गामुढा प्रहार गरी हतियार खोस्ने प्रयास गरेकाले बाध्य भएर गोली हान्नु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए। सशस्त्र प्रहरीको गोली लागि सुनसरी हरिनगरका २० वर्षीय सवाज अन्सारी गम्भीर घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ। अन्सारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।तस्करहरुको समूहले हानेको ढुङगा लागेर सशस्त्र प्रहरी जवना जिवराज विशंखे घाइते भएका छन्। उनको सशस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए।शनिबार बिहानै घटनास्थलमा सयौंको संख्यामा स्थानीय भेला भएका छन्। स्थानीय वासिन्दाले प्रहरीको विरोध गर्न थालेपछि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी र र सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल घटनास्थल पुगेर स्थिति साम्य पार्ने काम भइरहेका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।बिहीबार रातिपनि हतियार धारी समूहबीच देवानगन्जमा दोहोरो भिडन्त भएको थियो। प्रहरी र हतियार धारीबीच दोहोरो भिडन्त हुँदा दुई हतियारधारी घाइते भएका छन्। दुवैको प्रतिष्ठानमा उपचार भइरहेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा