Techie IT
×
गृहपृष्ठसमाचारलमही नगरपालिकाले तोक्यो पार्किङ्ग स्थल

लमही नगरपालिकाले तोक्यो पार्किङ्ग स्थल


दाङ्ग – लमही बजारलाई सुन्दर र सफा बनाउनका लागि नगरपालिकाले बिभिन्न निर्णयहरु गरेको छ । आज सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बजार क्षेत्रमा गुड्ने ईरिक्सा र ठेलाहरु अव्यवस्थित भएकोले लमही बजारको मुहार निकै कुरुप बन्दै गएपछि नगरपालिकाले यो अभियान थालेको नगर प्रमुख कुल बहादुर केसीले बताए । लमही बजार देउखुरीको मुटु हो, हिजका दिन सम्म दूरदराजका बस्तीमा हाम्रो ध्यान केन्द्रित भएको थ्यो, अब हामी बजार क्षेत्रको मुहार नै फेरिने गरि काम शुरु गर्छाै नगर प्रमुख केसीले भने ।

लमही नगरपालिका वडा नम्बर चार र पांच अन्तर्गतका बजार अव्यवस्थित भए, अब बजार क्षेत्रलाई सफा राखौ, नराम्रो र साँघुरो हुदै गयो, दुर्घटनाको पनि जोखिम भयो भनेर हामीले बजार व्यवस्थापनका लागि निर्णय गरेका हौ उपप्रमुख देवका बेल्बासेले बताईन । बैठकले लमही बजारलाई व्यवस्थापन गर्नका लागि अजम्बरी सामुदायिक वन उपभोक्ता समितिको चिल्ड्रेन पार्क अघि र सुनखोली शिव मन्दिर साइडमा ठेला पार्क गरि ब्यापार व्यवसाय संचालन गर्न अनुमति दिने निर्णय गरेको छ ।

त्यस्तै ईरिक्सा संचालन तथा व्यवस्थापन गर्न लमहीको सनलाईट चोकमा ईरिक्सा पार्किङ्ग गर्ने, अन्य स्थानका लागि ईरिक्सा संचालन समितिसंग समन्वय गरि स्थान निर्धारण गर्ने भएको छ । त्यसै गरि निजि सवारी साधन, मोटरसाईकल, स्कुटी पार्किङ्ग गर्नका लागि कोइलाबास रोडको पहेलो घेरा भन्दा बाहिर, तल्लो बस पार्क, सार्बजनिक बगैचामा पार्किङ्ग गराउने निर्णय भएको छ ।

नगरपालिकाले तोकेको पार्किङ्गमा निजि कारको प्रति दिन बिस रुपैया, मोटरसाईकल र स्कुटीको दस रुपैया, चिल्ड्रेन पार्कमा ठेला पार्किङ्ग मासिक पांच सय रुपैया, सुनखोलीमा ठेला पार्किंग मासिक तिन सय रुपैया, स्थानिय ब्यापारीले गाडी पार्किङ्ग गरे मासिक तिन सय रुपैया, स्थानिय व्यापारीले मोटरसाईकल पार्किङ्ग गरे मासिक एक सय पचास रुपैया शुल्क लाग्ने छ ।

पार्किंग रेखदेखक लागि आवश्यक जनशक्ति, रसिद छपाई, आवश्यक बोर्डको ब्यवस्थापन लगायत सम्पूर्ण आर्थिक जिम्मेवारी लमही नगरपालिकाले लिने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस