गृहपृष्ठ ∕ समाचार ∕ व्यक्ति हत्या गरेर मलेसिया र दुबईमा रोजगारी, १७ वर्षपछि समातिए कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त व्यक्ति हत्या गरेर मलेसिया र दुबईमा रोजगारी, १७ वर्षपछि समातिए कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त दीप संञ्चार साउन २४, २०७७ गते ११:११ मा प्रकाशित झापा – अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् ।तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला प्रहरी कार्यालय, झापाको पछिल्लो अपरेशनले यसको पुष्टि गरेको छ ।झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताए अनुसार जिल्लामा १७ वर्षअघि भएको कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक जलथल गाविस–८ का तत्कालीन समयमा २६ वर्षीय दुर्गा मगर भनिने दुर्गाबहादुर थापा छन् ।जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक साकारराज पन्त नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । मगरसहितको समूहले कुटपिट गरेर साबिक टाघनडुब्बा गाविस–४ का ४५ वर्षीय विरिकलाल माझीको हत्या गरेका थिए ।सामान्य विवादमा हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ । कोइरालाका अनुसार अभियुक्त मगर घटना लगत्तै काठमाडौंतिर छिरेका थिए । त्यसपछि भारतको कोलकत्ता, दार्जिलिङ पनि पुगेको खुलेको छ । त्यतै रहँदा वैदेशिक रोजगारीका लागि मलेसिया र दुबई गएर उनी नेपाल फर्किएका थिए ।हाल उनलाई जिल्ला अदालत, झापाबाट ५ दिन म्याद थप गरेर मुलुकी ऐनको ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन