गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स गरि मनायो नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स गरि मनायो सुर्य बहादुर खवास साउन २५, २०७७ गते २०:४० मा प्रकाशित युएई – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले २६ औं विश्व आदिवासी दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स मार्फत शुभकामना आदान प्रदान गरि मनाएको छ ।विगत वर्षहरुमा आदिवासी जनजातिहरुको संस्कृति झल्कने जातिय भेषभुषा, झाँकी र विविध सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा मनाउदै आएको कार्यक्रम यो वर्ष भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण जुम भर्चुअल भिडियो कन्फरेन्स मार्फत शुभकामना आदान प्रदान गरि मनाइएको हो ।शुभकामना आदानप्रदान गर्ने क्रममा वक्ताहरुले आदिवासी जनजातिहरुको पहिचान, हक, अधिकार अझैै प्राप्त हुन नसकेका बताउदै आदिवासी जनजातिका कला, संस्कृति, परम्परागत सिप, भाषा, धर्म तथा पहिचानको संरक्षणको लागि निरन्तर लाग्नु पर्ने धारणा रोखेका थिए ।नेफिन युएईका अध्यक्ष श्री महेश मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफिन युएई संरक्षण समितिका अध्यक्ष, निवर्तमान अध्यक्ष एवं एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, नेफिन युएई प्रशिक्षण बिभाग प्रमुख एवं पुर्व अध्यक्ष डेर राज गुरुङ, नेफिन युएई संरक्षण समितिका सदस्य एवं नेवाःपुचः युएईका प्रमुख संरक्षक तथा भुपु अध्यक्ष प्रमोद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका वरिष्ठ उपाध्यक्ष बिजया लक्ष्मी राई, नेफिन सदस्य खोरबाबु महतो र कृष्ण चौधरीको समेत सहभागीता रहेको जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा महासचिव कुमार बलामीले नेफिन युएईको तर्फबाट शुभकामना व्यक्त गर्दै सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिएक्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा