गृहपृष्ठ ∕ ग्लोबल ∕ बुद्ध नेपालमा जन्मिएको बारे कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय बुद्ध नेपालमा जन्मिएको बारे कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय दीप संञ्चार साउन २६, २०७७ गते ८:१८ मा प्रकाशित काठमाडौं –भारतीय विदेश मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको भन्ने बारे कुनै शंका नरहेको स्पष्ट गरेको छ । विदेशमन्त्री एस जयशंकरले भगवान बुद्धलाई ‘महान् भारतीय’ भनेको विषय विवादमा आएपछि भारतीय विदेश मन्त्रालयले यस बारेमा स्पष्ट गरेको छ ।भारतीय विदेश मन्त्रालयले मिडियाले यस बारेमा सोधेको जिज्ञासाको जवाफ भन्दै प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्–‘अगस्त ८ मा भएको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तरक्रियामा बौद्ध सम्पदाको बारेमा कुरा गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने बारेमा कुनै शंका छैन ।’यसअघि आइतबार नै नेपाल सरकारले भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई ’महान् भारतीय’ भनेको विषयमा आफ्नो प्रतिक्रिया दिएको थियो । भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले यो विवादको विषय नै नभएको बताएको छ । परराष्ट्रलाई मिडियाले राखेको जिज्ञासाको जवाफमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा भएको बताएको छ ।परराष्ट्रले भनेको छ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो । बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनुभएको थियो ।’परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको उल्लेख गर्दै तर बुद्ध कहा जन्मेका हुन् भन्ने कुराचाहिँ विवादको विषय नभएको स्पष्ट पारेको छ । यो कुरा शंका र विवादभन्दा पर रहेको भन्दै परराष्ट्र मन्त्रालयले यो बहसको विषय हुन नसक्ने बताएको छ । साथै सारा अन्तर्राष्ट्रिय समूदाय विषयमा जानकार रहेको परराष्ट्रले भनेको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न