गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ आस्था राउतको “फाट्यो नि माइतीको चिनो” सार्वजनिक आस्था राउतको “फाट्यो नि माइतीको चिनो” सार्वजनिक दीप संञ्चार साउन २९, २०७७ गते १८:५१ मा प्रकाशित काठमाडौ – संगीतलाई हजुर कसरि ब्याख्या गर्नु हुन्छ ? सम्भवत यो व्याख्या भन्दा पनि महसुश गर्ने कुरा हो।आफु एकाग्र भै शब्द, लय र धुनमा बिलिन हुने कुरा हो। हाम्रा खुशीका हरेक क्षण,आफ्नो घर परिवार,साथि भाई संगको पुनमिलन, चाडवाडको भब्य सेलिब्रेसन होस् वा दैनिक जीवनमा भइराख्ने उथल-पुथल, दिग्दारी सबै सुख: दुख:को अवस्थामा संगीत मनोरंजनकै भरपुर सहारा लिईन्छ।गीत संगीतको माध्यमबाट देश भित्र र बाहिर सधै नेपालीजनमा सकारात्मक सोच र बलियो उर्जा भर्न सफल कर्णप्रिय स्वरकी धनि गायिका आस्था राउतको यति बेला नेपाली संगीत क्षेत्रमा “फाट्यो नि माइतीको चिनो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।तीजको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा शब्द संगीत सुरेश अधिकारीको रहेको छ। शान थापाको निर्देशन र सावित्री राउतको निर्माण रहेको म्युजिक भिडियोमा अनुष्का डी सी को भेषभुषामा सझिएका रंगकर्मी कलाकार दिया मास्के र मनोज जोशी लाई क्यामरामा अर्जुन तिवारी र उहाको समुहले शिर्जनात्मक ढंगले कैद गरेको पाइञ्छ ।आफ्ना हरेक मौलिक पस्तुति द्वारा नेपाल र नेपालीपनलाई सधै जीवित राख्न खोज्ने आस्थाका “झुम्के बुलाकी, “सालको पात टपरी ( रिमिक्स ) “को छ यहा घटी बढि, “परिवर्तनशील छ समय ” “चौबंन्धिमा पटुकी ” नाकैमा फुली ” जस्ता गीत हरु नेपाली श्रोता माझ अपार सफल भैसकेका छन्। त्यसो त् आस्थाका गीतका शब्दहरुमा धेरै मेहिनत ,गहिराही भाव र सामाजिक चित्रण सधै समेटिएको हुन्छ।हाल सार्वजनिक भएको यस “फाट्यो नि माइतीको चिनो” गीतको श्रब्य दृश्यमा एक बिबाहित नारीको लागि चाडबाड आउदा माइतीघर कति मात्रामा प्यारो हुन्छ सो कुरा उजागर गरिएको छ।जीवनका अनगिन्ति यात्राहरुमा आस्था राउतका गीतहरु सधै नेपाली संगीत प्रेमिका लागि पहिलो रोजाई बनुन् । अग्रिम शुभकामना !https://www.youtube.com/watch?v=nMxXPMyXPwc#action=shareक्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न