ट्रम्प प्रशासनद्वारा मतदाता रिझाउन क्युबामा हुने चार्टर फ्लाइट पनि बन्द

अमेरिका – ट्रम्प प्रशासनले अमेरिका र क्युबाबीच हुने सबै निजी चार्टर फ्लाइटलाई स्थगित गरेको छ । क्युबामाथि दबाब बनाउनका लागि अमेरिकाले यो कदम चालेको हो ।
अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले ट्वीट गर्दै ‘कास्ट्रो सरकारले पर्यटन र यात्रा कोषको मद्दतले भेनेजुएलामा हुने दुर्व्यवहार र हस्तक्षेपलाई वित्तपोषण गर्ने गरेको’ आरोप लगाएका छन् ।
गत अक्टोबरमा अमेरिकाले क्युबाको हवानाबाहेकका सबै अमेरिकी विमानको उडानलाई रद्द गरेको थियो । कोरोनाभाइरसको महामारीका कारण क्युबाको पर्यटनमा यसअघि नै ठूलो धक्का लागिसकेको छ ।
फ्लोरिडामा रहेका क्युबन अमेरिकनहरु क्युबाप्रति सख्त नीति अख्तियार गरेको रुचाउँछन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पका लागि फ्लोरिडा महत्त्वपूर्ण राज्य हो । यो निर्णयलाई त्यहाँको क्युबन अमेरिकनहरुलाई रिझाउने ट्रम्पको प्रयासको रुपमा पनि हेरिएको छ ।
यो प्रतिबन्ध आगामी १३ अक्टुबरदेखि लागू हुनेछ । सो दिन क्युबाका क्रान्तिकारी नेता फिडेल क्याट्रोको जन्मदिन पनि हो । – बीबीसी
क्याटेगोरी : समाचार, अमेरिका
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस