निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले दाबी भुक्तानी नपाउने

काठमाडौं — निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएका संक्रमितले कोरोना बिमाको दाबी भुक्तानी नपाउने भएका छन्। बिमा समितिको निर्देशन भन्दै बिमा कम्पनीहरूले निजी ल्याबबाट भएको परीक्षणको बिमा दाबी भुक्तानी नदिन आफ्ना कर्मचारीलाई परिपत्र गरेका छन्।
‘बिमा समितिको परिपत्रअनुसार कोभिड-१९ को दाबी भुक्तानी दिँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला,’ उक्त बिमा कम्पनीले परिपत्रमा भनेको छ, ‘निजी ल्याब तथा अस्पतालमा गरिएको परीक्षणका आधारमा भुक्तानी नदिनु होला।’
बिमा समितिले पनि कोरोना परीक्षण र रिपोर्ट दिने काममा बदमासी भएको भन्दै कडाइ गर्न निर्देशन दिएको थियो। कोरोना बिमा मापदण्ड २०७७ मा ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ,’ उल्लेख छ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समयमा बदमासी बढेकाले कडाइ गरिएको बताए। ‘अहिले निजी ल्याबमा गरिएको परीक्षणमा फ्रड देखियो भन्ने कुरा धेरै आयो, त्यसैले गर्दा सरकारी निकायबाट भएको परीक्षणका आधारमा मात्रै भुक्तानी गर्न भनेका हौँ,’ उनले भने।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको प्रमाण दिए दाबी भुक्तानीमा समस्या नहुने पौडेलले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस