गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए तिलु शर्मा पौडेल भदौ २१, २०७७ गते २०:०० मा प्रकाशित दोहा – कोरोना भाइरसका कारण नेपालमै रोकिएका केही कामदारहरू कतार प्रवेश गरेका छन् ।गएको मार्च ९ तारिखमा नेपालबाट कतार प्रवेश गर्न कतार एयरवेजले रोक लगाएसँगै बन्द रहेका उडानहरू कतारबाट नेपालतर्फ चार्टर उडानको रूपमा सञ्चालित रहे पनि नेपालबाट कामदार कतार प्रवेश गरेको यो पहिलो पटक हो ।झन्डै ६ महिनामा पहिलो पटक नुवाकोटका उत्तम भण्डारी सहित ७ जना कामदारहरू कतार आएका हुन् । कम्पनिले कतार ईन्ट्री पर्मिट निकालीदिएपछि चिने जानेको म्यानपावरको साथीमार्फत टिकट र पिसिआर परीक्षणको रिपोर्ट लिएर उनीहरू कतारमा अवतरण गरेका हुन् । भण्डारीका अनुसार नेपालको लकडाउनको अन्त्य भएसँगै नेपालीहरूले कतारमा सहजै प्रवेश पाउने विश्वास व्यक्त गरेका छन् ।कस्तो छ कतार एयरपोर्टमा व्यवस्था ?हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण पश्चात् सातै जनाको मोबाइलमा ऐतराज एप डाउनलोड गरी स्वास्थ्य चेकजाँच गरी एप्लिकेशनमा पहेँलो (होम क्वारेन्टाइन) चिन्हमा परिणत गरिएको छ भने उनीहरूलाई होटेलको क्वारेन्टाइनमा राखिएको छ।कतारको सरकारी अस्पतालबाट खटिएका डाक्टरहरूले कोरोनाको पिसिआर परीक्षण गरी नेगेटिभ रिजल्ट आए एतराजमा हरियो सूचक चिन्ह आएपछि नियमित कार्यमा फर्कन अनुमति दिइने छ भने पोजेटिभ भेटिएमा थप क्वारेन्टाइनमा राखिने सरकारको प्रावधान रहेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा