गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारस्थित नासर अल अली कम्पनीद्धारा दुई नेपाली कामदारलाई जनही १५ हजार रीयाल पुरस्कार कतारस्थित नासर अल अली कम्पनीद्धारा दुई नेपाली कामदारलाई जनही १५ हजार रीयाल पुरस्कार जीएनएन असोज २, २०७७ गते २२:१७ मा प्रकाशित दोहा – आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेज कतारले आफ्ना दुई नेपाली कामदार नजामुद्दिन कवारी र देवप्रसाद राईलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरेवापत् जनही १५ हजार रीयाल पुरस्कार प्रदान गरी सम्मानित गरयो ।नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमका विच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए । सन् २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् । गरिव परिवारबाट आएका कवारीले सो कम्पनीमा काम गरेर आर्थिक सुधार समेत गरेकाछन् । उनले पाएको यो १५ हजार इनाम अव आफनो छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने बताए । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन् ।कम्पनीका मालिक नासर अल अली अत्यन्त राम्रो रोजगारदाता भईकन आफनो अविभावक भएको र बताउदै आफु यस कम्पनीमा कामगर्न पाउनु आफनो अहोभाग्य भएको कवारीले बताए । अर्का १५ हजार इनाम पाउने भाग्यमानी कामदार देवप्रसाद राईपनि २००९ मा सोही कम्पनीमा काम गर्न आएका हुन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका निम्न पारिवारिक पृष्ठभुमीका राईपनि अहिले ट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेकाछन् ।नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने राईले कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताए । कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउदा आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनिय रहेको बताए ।कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरुपनि प्रोत्साहित हुने बताए । आफना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुर्याएकाछन् । उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकनस्वरुप गर्दै आएको बताउदै आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले पनि सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको बताए ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न