गृहपृष्ठ ∕ समाचार ∕ आश्रमा पुगेर अधिकारीले मनाए जन्म दिन आश्रमा पुगेर अधिकारीले मनाए जन्म दिन प्रिया स्मृती गजमेर असोज ७, २०७७ गते १८:२२ मा प्रकाशित दाङ — दाङका एकजना विद्यार्थी नेताले जन्मदिनको अवसर पारेर सामाजिक सेवा अन्तरगर्त सेवा आश्रममा सहयोग गरेका छन् । अनेरास्ववियूका नेता लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी कल्याण अधिकारीले आफ्नो जन्मदिनको अवसरमा निलसागर आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवाकेन्द्र सिसँहनिया आश्रममा खाद्यान्न र फलफूल सहयोग गरेर २९ औँ जन्मदिन मनाएका हुन् ।बुधबार अधिकारीले आश्रममै पुगेर पचास किलो आलु, पचास किलो पिठो र फलफूल गरि करिब पन्ध्र हजार बराबरको खाद्यान्न र फलफूल वितरण गरेका हुन् । अनावश्यक खर्च गरेर जन्मदिन मनाउँदा मनाउनुभन्दा भरखरै स्थापना भएको निलसागर सेवा आश्रममा पुगेर सानो गर्नु उपयुक्त देखेर सहयोग गरेको अधिकारीले बताए ।उनले भने प्राय जन्मदिनको अवसरमा धेरैले फजुल खर्च गर्ने र विभिन्न पार्टीको आयोजना गरि साथि भाइसंग रमाइलो गर्ने प्रचलन छ, विगतका जन्मदिनमा पनि फजुल खर्च गरियो, अव सामाजिक सेवा प्रति चासो बढेको छ । अधिकारीले आश्रमका संयोजक प्रकाश विष्टलाई खाद्यान्न र फलफूल हस्तान्तरण गरेका हुन् । अधिकारी विद्यार्थी राजनीतिमा क्रियासिल छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा