गृहपृष्ठ ∕ समाचार ∕ राज्यले प्रबासमा रहेका नेपालीहरु प्रती कुनै भेदभाब गर्दैन – सुबास नेम्बाङ राज्यले प्रबासमा रहेका नेपालीहरु प्रती कुनै भेदभाब गर्दैन – सुबास नेम्बाङ जीएनएन असोज १८, २०७७ गते २१:४३ मा प्रकाशित काठमाडौं — नेकपा संसदीय दलका उपनेता एबम पूर्व सभामुख सुबास नेम्बाङले गैर आबासीय नेपालीलाई नेपाल सरकार र राजनितिक नेतृत्वले कुनै भेदभाब नगरेको र देशको उन्नतीमा साझेदार र सहयात्रीको रुपमा स्वीकार गरी सकेको बताएका छन ।गैर आबासीय नेपाली संघको युरोपियन बैठकको ”एनआरएन नागरिकता र मतदानको अधिकार” सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले गैर आबासीय नेपाली नागरिकता सम्बन्धि बिधेयक संसदमा पेश भैसकेको र आगामी संसद अधिबेशनले पारीत गर्ने र कार्यन्वयन हुने विश्वाश दिलाए । एनआरएनहरुलाई अधिकार दिन र नेपालको बिकासमा सझेदार रहेका एनआरएनहरु सँग मातृभूमीको सम्बन्ध दिर्घकाल सम्म कायम गर्ने कुरामा सबै राजनीतिक दलको सहमति रहेको पनि उहाले बताए । ब्यक्तिगत रुपमा एनआरएनहरुलाई नागरिकता दिलाउन सुरुवाती दिनबाट आफुले एनआरएन नेतृत्वसँग सहकार्य गर्न पाएकोमा आफुलाई खुशी लागेको बताए ।नेपाली काङ्रेशका नेता मिनेन्द्र रिजालले गैर आबासीय नेपालीहरुले भोगी रहेका समस्या , गरी रहेको प्रगती र प्राप्त ज्ञान सीप बारे आफुले नजिकबाट बुझेको र गैर आबासीय नेपाली अभियानले आफ्नो छुट्टै परोपकारी छबि र नेपालको दु:ख सुखको साथीको छबि बनाएको छ भन्दै मात्रीभुमी सँगको सम्बन्ध अझ दरिलो बनाउन एनआरएन नागरिकताले सहयोग गर्ने बताए । संसारका धेरै देशमा दोहोरो नागरिकताको प्राबधान रहेको त्यस्ता देशले छीट्टो बिकास गरेको उदाहरण छन भन्दै अहिले सामाजिक सान्स्कृतिक अधिकार सहितको नागरिकता भएमा राजनीतिक अधिकार सहितको नागरिकता र मतदानको अधिकार कसरी दिन सकिन्छ भनी बहस चलाऊनु पर्ने बताए ।गैर-आबासीय नेपाली अभियान सुरु भए देखि आज सम्म एनआरएन नागरिकताको लागि गरेको संघर्ष र प्रगती बारे चर्चा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतो , रामप्रताप थापा, संघका अध्यक्ष कुमार पन्त , सल्लाहकार कुल आचार्य , सरोज दाहाल, सुरेन्द्र नेपाल श्रेष्ठ लगायतले एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनको मुल नारा भएको त्यसलाई एनआरएन नागरिकता र मतदानको अधिकारले पुरा गर्ने हुँदा त्यस तर्फ छिट्टो काम भएमा देशको र एनआरएनहरुलाई फाईदा हुने भनाइ राखेका थिए । पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले कार्यक्रमको समिक्षा गरेका थिए भने बिरेन्द्र सिंह कार्कीले टिप्पणी गरेका थिए ।गैर-आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले स्वागत गर्नु कार्यक्रममा सहभागीहरुलाई आईसिसी सदस्य बिनोद कार्कीले धन्यवाद ज्ञापन गर्नु गरेका थिए । गैर-आबासीय नेपाली संघका उपाध्यक्ष एबम नेपाली नागरिकता निरन्तरता समिती संयोजक सोनाम लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आईसिसी सदस्य सन्तोष जोशी सुबाशले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न