गृहपृष्ठ ∕ समाचार ∕ सास फेर्न गाह्रो भए वा वेहोस होला जस्तो मात्र अस्पताल जानुस् : स्वास्थ्य मन्त्रालय सास फेर्न गाह्रो भए वा वेहोस होला जस्तो मात्र अस्पताल जानुस् : स्वास्थ्य मन्त्रालय दीप संञ्चार असोज २१, २०७७ गते २१:३१ मा प्रकाशित काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमितहरु अस्पताल जानुनपर्ने बताएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् । सास फेर्न गाह्रो भएमा, वेहोस भएमा वा होला जस्तो भएमा वा पिसाव नभएमा वा कम भएमा मात्र अस्पताल जान आग्रह गरे ।गौतमले भने, ‘रुघाखोकी वा ज्वरो आउँदैमा अस्पताल दौडिने गरिएको छ, त्यो नगरौं भनेको हुँ ।’सरकारले पछिल्लो समय लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने नीति लिएको छ । सरकारी तथ्यांकअनुसार १४ हजार ४११ जना संक्रमित होम आइसोलेसनमा छन् भने लक्षण भएका संक्रमितहरुलाई वेड पाउन गाह्रो छ ।जनस्वास्थ्य विज्ञहरु भने कोरोना संक्रमित, चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र होम आइसोलेसनमा बस्नुपर्ने र कुनै समस्या आएमा अस्पताल जानुपर्ने बताउँछन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न