गृहपृष्ठ ∕ समाचार ∕ न्यूयोर्कको चर्चित एल्म्हर्ष्ट अस्पतालको सामुदायिक परामर्श समितिमा नेपाली सामाजिक अभियन्ता शाहीको नियुक्त न्यूयोर्कको चर्चित एल्म्हर्ष्ट अस्पतालको सामुदायिक परामर्श समितिमा नेपाली सामाजिक अभियन्ता शाहीको नियुक्त जीएनएन असोज २३, २०७७ गते ८:५६ मा प्रकाशित न्युयोर्क — न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको एल्म्हर्ष्ट अस्पताल क्विन्सको कम्युनिटी एडभाईजरी बोर्ड(सामुदायिक परामर्श समिति)मा नेपाली समुदायका सामाजिक अभियन्ता तथा अगुवा मिलन कुमार शाहीको नियुक्ति भएको छ।गत अक्टोबर ७, २०२० देखि प्रारम्भ हुने गरी दुई वर्षे कार्यकालको लागि शाही सो पदमा नियुक्ति भएका हुन् । यसभन्दा अघि नेपाली समुदायको तर्फबाट दुईजना अगुवा व्यक्तित्वहरु अस्पतालको सामुदायिक परामर्श समितिमा नियुक्ति भएका थिए । विभिन्न समुदायको तर्फबाट अस्पतालको समितिमा जम्मा २५ जनालाई नियुक्ति गर्ने प्रावधान रहेको नवनियुक्त समिति सदस्य मिलन कुमार शाहीले बताए ।समुदाय र अस्पताल बीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी समुदाय माझमा पुर्याउनको लागि स्थानीय न्युयोर्क सरकारले समुदायका अगुवाहरु मध्येकालाई अस्पतालको समिति सदस्मा नियुक्ति गर्ने प्रचलन रहेको शाहीले बताएका छन । आफ्नो समुदायको प्रतिनिधि अस्पतालको बोर्डमा नियुक्ति भए पश्चात नेपाली समुदायले अस्पतालबाट अधिकतम सुबिधा प्राप्त गर्न सफल रहेको अस्पतालका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङले बताएका छन । हाल एल्म्हर्ष्ट अस्पतालमा उपचारको क्रममा दोभाषे मार्फत नेपाली भाषा समेत प्रयोग हुने भएकोले आम नेपाली समुदायको निम्ति स्वास्थ्य सेवा लिन अत्यन्तै सजिलो भएको छ ।शाही नेपालको रुपन्देहीको छपियामा जन्मिएर सन २००३ सालमा विविधता चिट्ठा (डिभी )मार्फत अमेरिका आएका हुन । शाही स-परिवार न्यू योर्कमा बसोबास गर्छन ।रिजवुड नेपाली समाजमा डेढ दशक भन्दा बढी सेवा पुर्याएका शाही रिजवुड नेपाली समाजका सचिब हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हालीसकेका न्युयोर्कका एक प्रभावशाली सामजिक अभियन्ता हुन । समाज सेवालाई आफ्नो कर्तब्यको रुपमा लागि परिरहने शाही हाल ”दर्शन ठकुरी समाज” न्युयोर्कका अध्यक्ष पनि हुन ।न्युयोर्कमा ब्यापार ब्यवसाय गर्दै आएका उनी घर खरिद बिक्रि अभिकर्ता (रियल्टर )समेत हुन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न