गृहपृष्ठ ∕ समाचार ∕ लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना एकदिने नि:शुल्क स्वास्थ शिविर लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना एकदिने नि:शुल्क स्वास्थ शिविर अंकित रावल असोज २४, २०७७ गते २०:३३ मा प्रकाशित दाङ — दाङको तुल्सीपुरमा आज महिलाहरुको लागि एकदिने नि:शुल्क स्वास्थ परीक्षण शिविर कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ तुलसीपुर इशान र पाल्पाली पोलिक्लिनिकको संयूक्त आयोजना उक्त शिविर कार्यक्रम सप्पन्न भएको हो ।शिविरमा महिलाहरूको पाटेघरमा देखिने समस्या, यौन रोग तथा बाझोपन लगायत गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण साथै सम्पूर्ण महिला रोग सम्बन्धि उचित परामर्श तथा परीक्षण, स्त्री तथा महिला रोग विशेषज्ञ डा. श्रसिया पोख्रेलले गरेकी थिइन भने सिनियर मेडिकल अफिसरहरूबाट सम्पूर्ण किसिमका रोगहरूको उचित परीक्षण र परामर्श दिइएको थियो ।तुलसीपुरको ‘ग’ लाइन स्थित प्राइम बैंकको अगाडी पाल्पाली पोलिक्लिनिकमा शनिबार बिहान ९ बजे शुभारम्भ भएको कार्यक्रममा ६१ जना महिलाहरूले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए । कार्यक्रममा सेवाग्राहीहरूले कोरोना माहामारीका विचमा पनि महिलाहरुको लागि नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिने अवसर प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजक टीमलाई धन्यवाद समेत दिएका थिए ।बिहान ९ बजे देखि शुरु भैइ तीन बजे सम्म चलेको कार्यक्रममा लायन बुद्ध प्रकाश सिंहको अध्यक्षता र डिस्ट्रीक्ट कोर्डिनेटर बिनोद कुमार श्रेष्ठको बिशेष आथित्यमा सम्पन्न भएको थियी । उक्त शिविर कार्यक्रममा मधुमेही समाज तुल्सीपुरका अध्यक्ष बिष्णु प्रसाद शर्मा, जोन चेयरपर्सन लायन उमेश मजगैया तथा लायन्स क्लब अफ दाङका प्रथम उपाध्यक्ष गणेश अधिकारीको उपस्थिती रहेको थियो।कार्यक्रममा लियो क्लब दाङका उपाध्यक्ष दीपक महतरा लगायतले मन्तव्य व्यक्त गरेको थिए भने कार्यक्रमको सहजीकरण लायन रमेश रेग्मीले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा