गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतमा सवारी दुर्घटनामा २७ बर्षिया प्रज्ञा प्रधानको मृत्यु, शब आज नेपाल पठाइदै कुवेतमा सवारी दुर्घटनामा २७ बर्षिया प्रज्ञा प्रधानको मृत्यु, शब आज नेपाल पठाइदै दीप संञ्चार असोज ३०, २०७७ गते १९:०८ मा प्रकाशित कुवेत — मेचिनगर-२,भृकुटी -झापा घर भई कुवेतमा कार्यरत २७ बर्षिय प्रज्ञा प्रधानको सबारी दुर्घटनामा मृत्यु भएको छ।अक्टोबर ०९,शुक्रबार,२०२०को राती उनी चढेको सबारी साधनलाई अर्को सबारी साधनले ठक्कर दिए पछि कुवेतको आदान अस्पताल पुर्याएकोमा शनिबार बिहानको उनको मृत्यु भएको हो।प्रज्ञाको शबलाई आज अक्टोबर १५ तारिकको उडानबाट नेपाल पठाइदै छ।जन सम्पर्क समिती कुवेतका महामन्त्री तथा मृतकका दाजु कृष्ण पौडेलले भने”अक्टोबर ०९,२०२० शुक्रवारबार राती डिउटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनिको सबारी साधनलाई अर्को सवारी साधनले ठक्कर दिएको थियो।मृतकलाई कुवेतको अदान अस्पताल पुर्याई अप्रेशन गरिए पनि अत्याधिक रक्तस्रावका कारण शनिबार बिहान उनलाई मृत्यु घोषित गरिएको थियो।पौडेल थप्छन”मृतक प्रज्ञा र उनको दिदी रिता माया प्रधान कामबाट फर्किदै थिए।बाटोमा उनिहरु चडेको कम्पनीको कारलाइ अर्को कारले ठक्कर दिएको र दुबै जनालाइ आदान अस्पताल लगिएकोमा प्रज्ञाको अप्रेसन गरिए पनि बचाउन सकिएन।दुर्घटनामा मृतककी दिदी रिता भने सामान्य घाइते भएकी थिईन।प्रज्ञाको शबलाई मृतकी दिदी रिता अनि कुवेतमै कार्यरत दाजु बाल कुमार प्रधानले आज अक्टोबर १५ तारिक,२०२० बिहिबार बेलुकीको उडान मार्फत नेपाल लिएर जादैछन ।”नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-१०८०८७६५ भएकी प्रज्ञाको मृत्युको कारण सवारी दुर्घटना रहेको बताए।उनले भने”फोर्टिटु स्पा(4T2 SPA)कुवेतमा दुई बर्ष ६ महिना देखि कार्यरत मृतक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उहाहरुलेनै शब लिएर जान दुताबासले सहजिकरण गरेको हो।”क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा