गृहपृष्ठ ∕ समाचार ∕ राजदूत टोलीद्वारा दुबईको रसिद हस्पिटल भ्रमण ,नेपाली बिरामीहरु खुसी राजदूत टोलीद्वारा दुबईको रसिद हस्पिटल भ्रमण ,नेपाली बिरामीहरु खुसी रामप्रसाद ढुंगेल कात्तिक २, २०७७ गते २०:५२ मा प्रकाशित रामप्रसाद ढुंगेलअक्टोबर १८-नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद हस्पिटल भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको छ । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको नेतृत्वमा गएको टोलीमा श्रम काउन्सिलर निर्मला थापा र पिआरओ इर्फान रहेका थिए । उनीहरूले त्यहाँ उपचाररत नेपाली विरामीहरुलाई भेटेर अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवस्यक सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरेको राजदूत ढकालले बताउनुभएको छ ।दूतावास टोलीले हस्पिटलका जनरल डाइरेक्टर डा.फहद बस्लिब र वहाँको समुहसंग भेट गरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भुमिकाको लागि धन्यवाद दिएको थियो ।दूतावास टोलीले उपचाररत नेपालीहरुलाई यात्रा अनुमती पत्र, आवस्यकता परेका विरामीलाई नि:शुल्क हवाई टिकट र विरामीका सम्बन्धित कम्पनी प्रशासनसँग समन्वय गरेको पिआरओ इर्फानले जानकारी दिनुभएको छ ।पिआरओ इर्फानकाअनुसार दूतावास र नेपाली समुदायको पहल चुराबहादुर थापालाई हवाइ टिकट र एकतर्फी यात्रा अनुमती पत्र प्रदान गरिने सहमति भएको छ । उक्त अस्पतालमा धेरै नेपाली विरामी रहे पनि समय व्यवस्थापन र प्राविधिक कारण त्यहाँ उपचाररत ५ जना विरामीलाई मात्रै भेट्न सकेको दूतावासले बताएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ताजा अपडेट नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय