Techie IT
×
गृहपृष्ठकला/साहित्यकबिता : म पूर्ण भएँ

कबिता : म पूर्ण भएँ


मेरो सामु शब्दहरु असरल्लै थिएँ ।
तिमी मेरो जीवनमा आर्यौँ ।
ती शब्दहरुलाई जीवनमा एक एक गरी बुन्न सिकायौं ।
आज मेरो जीवनले पूर्णता पाएको छ।
नोबेल पुरस्कार पाएकी कवयत्रिको कविताजस्तै
साच्चीकै मेरो जीवन काव्यात्मक भएको छ।

जुन बेला म अपूर्ण थिएँ ।
त्यो बेला पाइलाहरु थियो ।
अर्थपूर्ण थिएन ।
हातहरु थियो ।
आकासमा अनेकौं आकार बनाई रहने
बादल जतिकोनी सिर्जनशील थिएन ।
जब मेरो जीवनमा तिमी आयौँ ।
मेरो पाइलाहरुलाई गन्तव्य देख्न सिकायौं ।
आज त म भिरालो पखेरामा
बन्चरोले सालको रुख काटेर हलो टाँस्न नी सक्छु ।
बाँसको चोयाँ काटेर
तिमीले पँधेरोबाट पानी बोक्ने दोको बुन्न नी सक्छु ।
हामी बस्ने घर छाएर धुरी मार्न नी सक्छु ।

जीवनमा परिवर्तन आयो
तिमी आएसंगै l
नत्र त म पुरुष जस्तै थिएँ ।
कुनै नारीलाई मायाँ गर्ने पुरुष जस्तो थिइन् ।
तिमी आयौँ म पूर्ण भएँ ।
जीवनले पूर्णता पायो ।
मैले यस्तो भन्यो भन्दैमा तिमीले
नारी पुरुषलाई पूर्णता गर्ने साधन त रहेछ नठान ।
तिमीलाई त मैले
मेरो जीवनको साध्य सम्झेको छु।
त्यसैले त मलाई
दुनियाँले जताबाट पढेनी तिमीलाई भेटेको हुन्छ।

हेर त आज हाम्रो काखमा
छोरामा छोरा छ।
छोरीमा छोरी छ ।
कतै म पैलै मरे भने
हाम्रो छोराले तिमीलाई
मेरो मायाँको अभाव महशुस हुन दिने छैन ।
तिमीलाई समाजले गर्ने
हरेक प्रश्नहरुको उत्तर उसले दिने छ।
मैले मेरी आमालाई गरेको जति मायाँ
उसले नी तिमीलाई गर्नेछ।
हाम्रो छोरीले त झन
तिमीलाई तिम्रो आमाको अभाव महशुस हुन दिने छैन ।
तिमीलाई याद छ।
हाम्रो छोरीले बालाखमा
तिमीलाई तोते बोलीले सुत सुत भनेर तिमीसंग खेलेको ।
साच्चीकै स्वर्ग छ भने म
यी कुराहरु स्वर्गबाट नियाल्ने छु।

मलाई आश छ।
हाम्रो छोराले
तिमीजस्तै नारीलाई पाएर पूर्णता हुने छ।
तिमीसंग जसरी खुसीको जीवन
जीउन सौभाग्य मैले पाए उसले नी पाउने छ।

अनि हाम्री छोरीको अनुहार मेरो जस्तै जस्तै छ।
स्वभाव तिम्रो जस्तै छ।
सायद उसले नी
म जस्तै कुनै पुरुषलाई पूर्णता दिने छ।
तर
नारीबिना हाम्रो छोरा अपूर्ण होला ।
हाम्री छोरी अपूर्ण हुने छैन ।
हिजो म बिना नी तिमी पूर्ण थियौँ भने
हाम्री छोरी कुनै पुरुषबिना अपूर्ण कसरी हुन सक्छ ?

  • दिल थापा ~तनहुँ जिल्ला ,हाल जापान

क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस