गृहपृष्ठ ∕ समाचार ∕ चौरसिया हत्याकाण्डको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसको माग चौरसिया हत्याकाण्डको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसको माग दीप संञ्चार कात्तिक ८, २०७७ गते १९:५३ मा प्रकाशित काठमाडौँ– नेपाली कांग्रेसले पर्साको विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।प्रहरीले दोषीमाथि कारबाही गर्नुको साटो पीडित पक्षको जाहेरीसमेत नलिएको र मृतकको शव अझैपनि अस्पतालमै रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ।सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच असोज ६ गते झडप भएको थियो। उक्त झडपमा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो। तर तीन दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।नागरिकको जीवन रक्षा गर्नु राज्यको कर्तव्य भए पनि नेकपा सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बनेको कांग्रेसको आरोप छ। प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न छ, ‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौँ?’क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न