गृहपृष्ठ ∕ समाचार ∕ ज्यान लिने उदेश्यले आक्रमण भयो अध्यक्ष – यादव ज्यान लिने उदेश्यले आक्रमण भयो अध्यक्ष – यादव प्रिया स्मृती गजमेर कात्तिक १२, २०७७ गते १९:०१ मा प्रकाशित दाङ — यादव सेवा समाज दाङ्गका अध्यक्ष हिरालाल यादवले आफु माथि ज्यान मार्ने उदेश्यले ढुंगा मुढा प्रहार भएको आरोप लगाएका छन्। ढुंगा मुढा बाट गम्भीर घाइते भएका यादवको अहिले नेपालगंज मेडिकल कलेज कोहोलपुरमा उपचार भैरहेको छ।दुर्गा माताको प्रसादका रुपमा बाडिने पट्टि स्थानिय किशोरीलाई नदिएको निहुँमा विवाद शुरु भएको थियो।मन्दिरमा भएको पट्टि सकिएको छ म पसलबाट लिएर दिन्छु भनेको कारण ति किशोरीका काकाले किन पट्टि दिन्न भनिस भनेर झगडा गर्न थालेपछि विवादले उग्र रुप लिएको हो।सार्वजनिक बाटो मै हातपात र कुटपिट भैरहेको देखेर अध्यक्ष यादवले विवाद के कति कारणले भैरहेको छ भनेर त्यहाँ रहेका समुहलाई सोध्दै गर्दा एक्कासि ढुंगाले हिर्काउदा उनि घटनास्थल मै ढलेका उनका आफन्तले बताए।दाङको राजपुरमा स्थित दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेपछि विवाद सुरु भएको अर्को पक्षले बताएको छ ।यादव सेवा समाजका जिल्ला अध्यक्ष हिरालाल यादवले आफु माथि ज्यानै लिने उदेश्यले आक्रमण गरेको प्रेस बिज्ञप्तिमा लेखेका छन । आफुले विवाद किन गर्नुहुन्छ भनेर दुवै पक्षलाई सम्झाउन खोज्दा एक्कासि ढुंगाले टाउकोमा हिर्काएको समेत बिज्ञप्तिमा उल्लेख गरेका छन्। टाउकोमा गहिरो चोट भएकोले र रगत जमेकोले कानको सुन्न सक्ने शक्ति बन्द भएको बताएका छन्।इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टका अनुशार केटि जिस्क्याएको कारण झगडा भएको भन्ने खबर प्राप्त भएको हो, दुवै पक्षलाई बसालेर बुझ्न नपाएको उनको भनाई छ।उक्त घटनामा संलग्नहरु अहिले उपचारको शिलसिलामा कोहि बुटवल कोहि नेपालगंज पुगेका छन् उता बात फर्किए भने दुवै पक्षलाई बोलाएर छलफल गर्ने र घटनामा घाइते भएको जुन कुरा छ त्यो डाक्टरले दिएको रिपोर्टका आधारमा प्रहरी अगाडी बढ्ने छ प्रहरी निरीक्षक भट्टले भने।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै