अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी

वासिंटन — अमेरिकी सभामुख नान्सी पेलोसीले जो बाइडेन विजयी भएको बताएकी छन् । मतगणना सकिनै लाग्दा डेमोक्रेटिक नेत्री पेलोसीले यस्तो घोषणा गरेकी हुन् ।
तर आधिकारिक रुपमा आएका सूचना अनुसार मतगणना अन्तिम चरणमा पुगेको र जो बाइडेन जितनजिक पुगेको बताइएको छ । ‘यो बिहान यो कुराको स्पष्ट भइसकेको छ कि बाइडेन र ह्यारिसले ह्वाइटहाउसमा जित्दैछन्,’ पेलोसीले भनिन् । चुनाव जिताउन निर्णायक राज्य मानिएको पेन्सिल्भेनियाको गणनामा बाइडेनले जितेपछि अब उनले नै चुनाव जित्ने पक्कापक्की भएको बताइन्छ ।
साथै पेलोसीले यो देशकै लागि खुसीको दिन भएको पनि बताइन् । ‘हाम्रो देशका लागि खुसीको दिन। जो बाइडेन एक साधारण छन् । किनकि उनी जनतालाई एकै ठाउँमा ल्याउन प्रतिवद्ध छन्,’ पेलोसीले भनिन् ।
अमेरिकामा राष्ट्रपतिमा निर्वाचित बन्न कम्तिमा २ सय ७० इलेक्टोरल भोट आवस्यक पर्छ । मतगणना अन्तिम चरणमा पुग्दा बाइडेनले २ सय ५३ भोट ल्याइसकेका छन् । जबकि ट्रम्पले २ सय १४ भोट मात्रै पाएका छन् ।
अमेरिकी चुनावको इतिहासमा यसपटकको निर्वाचनलाई ऐतिहासिक पनि मानिएको छ । सबैभन्दा धेरै मतदाता भएकाले र महामारीका बीच गरिएकाले पनि । साथै यसपटक हुलाकबाट पनि मतदान भयो । राष्ट्रपति ट्रम्प भने हुलाकबाट मतदान गर्ने प्रक्रियाको विपक्षमा थिए ।
क्याटेगोरी : ग्लोबल, अमेरिका, राजनीति, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस