Techie IT
×
गृहपृष्ठकला/साहित्यकविता : आखिर क्वारेन्टिन

कविता : आखिर क्वारेन्टिन


न्मभुमीको न्यानो माया अनी
आमाले पकाएको मिठो गुन्द्रुक ।
आत्मीयताले ओतप्रोत तिम्रो मायालु स्पनदन,
जन्मे हुर्के बढेको प्यारो मेरो थात ।।
तिमिलाई सिरानीमा राखेर विताएका मेरा दीन ।
यीं सबैलाई एकसाथ समेटेर,
मेरो जन्मभुमीमा पाईला टेक्दैछु ।
मेरो यो सबै आत्मियता पोको पारेर,
तिम्रै बक्षस्थलमा खडा गरीएको,
क्वारेन्टिनमा कैद भएको छु ।
आमा म लाचार,
मातृभुमीको क्वारेन्टिनमा कैद भएको छु ।।

म माथि मेरै जन्मघर आउन प्रतिबन्ध लाग्यो ।
कति दिन सीमा नाकामा अल्मलिए,
कति दिन सीमानाको क्वारेन्टिनमा कैद भएं,
पराई देशका पहरेदारका बुटका चोट खाँए,
नजिकै पारीपट्टी देखिने मेरी आमाको मुहार,
म सहन नसकी महाकालीमा हाम फालेर आएको छु ।

आमा,
म आज मेरै मातृभुमीको क्वारेन्टिनमा कैद भएको छु ।।

हुन त तिमी सोच्दी हौ र भन्दि हौ मलाई,
दुःखमा मात्रै मेरो याद गर्छ भनेर,
तर त्यसो कहाँ होर ?
म बाहिरिएको पनि दुःखैले त हो नी ।
म स्वार्थी होईन,
तिमी मलाई नियाली रहेकी थियौ,
पेट भरी दुईछाक र हर भरी टालो नपाएर,
पुलीसमा भर्ति हुने पालो नपाएर,
जोईको जीउ र मा को छाती छोप्ने टालो नपाएर,
बारी जोत्ने गोरु र हलोमा हाल्ने फालो नपाएर,
आज म विदेशीएको लाहुरे,
मातृभुमीको क्वारेन्टिनमा कैद भएको छु ।।

हो, अहिले पनि म रित्तो हात फर्किएको छु ।
कोरोना भाईरसको महामारीले थर्किएको छु ।
कतै मैले ल्याएको कोरोनाको कासेली,
पोखिएला भनी तर्किएको छु ।
ज्यानै फाल्न परे पनि तिम्रै काखमा फाल्छु भनि फर्किएको छु ।
मृत्यु बरण गर्नु अघि आफ्नै जन्मभूमी फर्किएको छु ।

आमा,
कोरोना भाईरस विसाउने चौतारी यहीं रहेछ,
आज म बेवारिसे,
मातृभुमीको क्वारेन्टिनमा कैद भएको छु ।।

यसै म विदेशियको हो र ?
हेरन तिम्रो सरकारले बनाएको क्वारेन्टिनको गति ?
भेडाको बथान झैं हुलिएको छु,
भैंसी गोठमा थुनिएको छु ।
मेरी आमा छुई हुँदा बस्ने छुईखुल्लामा थुनिएको छु ।
स्कूलका बच्चाहरु पढ्ने बेन्चीमा लडाईएको छु ।
मनोविज्ञानको पाठ सिक्ने बेलामा,
आर्जेको मानसिकता गुमाएको छु ।।
कता जाँउ के गरुको अन्यौलतामा पिरोलिएको छु ।
आज म संक्रमित,
मातृभुमीको क्वारेन्टिनमा कैद भएको छु ।।

सहकर्मी साथीको मृत्यु भएको टुलुटुलु हेरिरहें ।
संगैको कोठामा साथीको सामुहिक बतात्कार भएको सुनीरहें ।
पानीका बोतलमा रक्सी ल्याएर पिएको पनि हेरीरहें ।
अन्यौलताको लामो लामो सास फेरी रहें ।
सरकारले खर्चेको दश अरब,
र क्वारेन्टिनको मापदण्ड नियाली रहें ।
तिम्रो लाचारिता,
र मौन कुण्ठा पनि मैले गुनीरहें ।
आमा, आज म साक्षी,
मातृभुमीको क्वारेन्टिनमा कैद भएको छु ।।

म कोरोना संक्रमित छु या छैन,
जान्न लालायित छु ।
तिम्रा क्वारेन्टिनमा पिसिआर गर्ने सामान छैन रे ।
तिम्रा स्वास्थ्यकर्मी एन नान्टीफाईभ माक्स विना हिडिरहेछन् ।
पिपिई लगाउन पाएका छैनन् रे ।
आफु सुरक्षित रहने तर्जुमा गर्न पनि हम्मे छ उनलाई,
हाम्रो जाँच के ले र कसरी गर्छन् ?
जाँचै नगरी १४ दिन वितार घर आँउन लागेको छु ।
आमा, म तिम्रो सन्तान,
मातृभुमीको क्वारेन्टिनमा कैद भएको छु ।।

आमा,
म घर आएको दिन तिमी आफैले भात पकाउ है ।
भातसंग मोही र गुन्द्रुुक खान मन लागेको छ,
पेट भरी तिम्रो हातको भात खान मन लागेको छ,
बारीमा छ भने हरियो खुर्सानी पनि टिपी राख है ।।
लाटो भएको मेरो यो जिब्रोलाई ब्यूझाउनु छ,
चाउरीएका यी मेरा पेटका आन्द्रालाई तन्काउनु छ,
घर आएको दिन तिम्रो काखमा बस्न देउ है ।
भोक, प्यास, सन्ताप र ताप,
अनि मायालु बोली विना नियास्रिरहेको छु ।
आमा, मातृभुमीको क्वारेन्टिनमा कैद भएको छु ।।
आमा, तिम्रै क्वारेन्टिनमा कैद भएको छु ।।


क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस