बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ

दाङ्ग-बुहारीलाई बोक्सीको आरोप लगाउने जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी तिलकराम चौधरी रहेका छन । चौधरीले आफ्नै भाईको श्रीमतीलाई बोक्सी भन्दै पटक पटक कुटपिट समेत गरेको आरोप लागेको छ ।
जेठाजुले अत्याधिक मानसिक तनाब दिन थालेपछी पिडित महिला गढवा गाउँपालिकाको न्यायिक समितिको सम्पर्कमा आएकी थिईन । बोक्सी केस प्रहरीले हेर्ने कानुनी प्रावधान भएकोले पीडितलाई न्यायिक समितिले इलाका प्रहरी कार्यालय गढवामा पठाएको प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला जेठाजुले आफ्नै बुहारीलाई बोक्सी भनेको र मानसिक यातना दिएको भन्दै निवेदन परेपछी पिडक तिलकराम चौधरीलाई मंगलबार इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो ।
गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पिडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पिडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पिडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नबन्ने केश भनेपछि पिडित प्रहरी कार्यालयमा उजुरी दिएको दिएकी थिइन् । जेठाजुको छोरा मादक पदार्थ सेवन गरेर लडि घाइते हुँदा समेत आफुलाई त नै बोक्सी लागेर मेरो छोरा लड्यो भनेर आरोप लगाएको पिडित महिलाले बताइन् ।
पक्राउ परेका पिडकलाई दाङ देउखुरी जिल्ला अदालत बाट म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् । बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस