गृहपृष्ठ ∕ समाचार ∕ ९० वर्षीया ब्रिटिश महिला किननलाई पहिलो कोरोना बिरुद्ध खोप ९० वर्षीया ब्रिटिश महिला किननलाई पहिलो कोरोना बिरुद्ध खोप दीप संञ्चार मंसीर २३, २०७७ गते १९:५१ मा प्रकाशित बेलायत (जीएनएन) -९० वर्षीया ब्रिटिश महिला मार्गारेट कीननलाई खोप लगाएर यूकेमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरिएको छ । उनलाई स्थानीय समयअनुसार मंगलबार बिहान ६ बजेर ३१ मिनेटमा वरिष्ठ नर्स मे पर्सन्सले कोभेन्ट्रीस्थित युनिभर्सिटी हस्पिटलमा खोप लगाई दिएकी थिइन्।म्यागी पनि भनेर चिनिने कीननले कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झेको बताइन् । “मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो, ” उनले भनिन्। उनी आउँदो साता ९१ वर्ष पुग्दै छिन्। उनलाई फाइजर/बायोएनटेकले विकास गरेको खोप दिइएको थियो। मंगलबार बिहान बीबीसीसंग कुरा गर्दै युकेका स्वास्थ्य मंत्री म्याट ह्यानककले ब्रिटेनमा खोप शुरु गर्न पाउंदा आफु भावविभोर भएको बताए। उनले क्रिसमस भन्दा अगावै लाखौं ब्रिटिश नागरिकहरुलाई खोप लगाउने योजना भएको बताए।यूकेले सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ। शुरुमा ८० वर्षभन्दा माथिका र स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने बताइएको छ । करिब २० करोड मानिसलाई लगाइने खोपको पहिलो चरण अस्पतालहरुमा पुर्याएसँगै क्रमश: वितरण गर्ने बेलायतको तयारी छ । यो खोपको प्रयोगसँगै अस्पताल भर्ना हुन आउने कोरोनाका बिरामीहरूको संख्या ९९ प्रतिशतसम्म कम हुने बेलायती सरकारी अधिकारीहरुको दावी छ ।फाइजर तथा बायोएनटेक कम्पनीहरुले विकास गरेको उक्त खोप बेल्जियममा उत्पादन गरिएको हो। जीएनएनसंग कुरा गर्दै बेलायतको बर्मिङ्घम विश्वविद्यालयमा औषधि विज्ञानका सहप्राध्यापक डा. विभु पौड्यालले ब्रिटेनभरि सबै जनतालाई खोप लगाउन अझै ७, ८ महिना लाग्न सक्ने जनाए। तर यो बीचमा खोपबाट नकारात्मक असर परेमा समय अलि लम्बिन सक्ने उनले बताए। ब्रिटेनमा कोभिड १९ का कारण ६४ हजार भन्दा बढी नागरिकहरुको निधन भैसकेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न