गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस १, २०७७ गते १८:०९ मा प्रकाशित दाङ्ग —राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ मा बिस दिने डल कुसन बनाउने तालिमको बुधवार समापन भएको छ ।तालिमको समापन गर्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले पिछडा वर्गको आर्थिक स्थिति बलियो बनाउन यो तालिमको आयोजना गरेको बताईन । “हरेक कुरामा पछि परेको समुदायका लागि केहि न केहि सिप सिकेर घर खर्च चलाउन मद्दत गरोस, कमसेकम अरुको आश गर्न नपरोस भन्ने गाउँपालिकाको चाहाना हो ” उपाध्यक्ष यादवले भनिन ।यहि आर्थिक वर्षमा गाउँपालिकाको महिला बालबालिका शाखाले केहि रकम छुट्याएको थियो सोहि रकमबाट यो तालिम गराएका हौँ उनले भनिन । यत्ति तालिमले मात्र नहुने भन्दै आगामी बजेटबाट पनि यस्तै तालिमको आयोजना गरेर पिछडा बर्गका समुदायलाई आत्मनिर्भर बनाउने योजना रहेको छ उपाध्यक्ष यादवले भनिन ।तालिममा त्यस समुदायका करिब पन्ध्र जनाको सहभागिता रहेको थियो । राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम कुमारी हरिजनको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाकी परिचालिका कमला पुलामीले गरेकी थिइन् भने तालिमको प्रशिक्षकमा संजु चौधरी रहेकी थिइन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न