गृहपृष्ठ ∕ राजनीति ∕ रेशम चौधरीलाई रिहा गरेर राजनीतिक सहमति खोजौं — जसपा अध्यक्ष यादव रेशम चौधरीलाई रिहा गरेर राजनीतिक सहमति खोजौं — जसपा अध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस ५, २०७७ गते १३:१४ मा प्रकाशित दाङ्ग – जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरीलाई रिहा गरेर राजनीतिक समाधान खोजिनु पर्ने बताए । त्यो मुद्दालाई राजनीतिक हल गरिनु पर्छ, यदि रेशम चौधरीलाई रिहाई गरिएन भने हाम्रो बिद्रोह पनि रोकिने छैन यादवले भने ।दाङ्गको लमहीमा देउखुरी टुडे संचार प्रालिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गर्नमै व्यस्त रहेको आरोप लगाएका छन । दुई तिहाईको दम्भमा ओली सरकार मानसिक सन्तुलन गुमाई सकेको छ, जनताको अपार माया पाएर पनि सत्तामा पुगेपछि आफ्नो नैतिक जिम्मेवारी भुली सकेको छ यादवले भने ।कुनै पनि मुलुकमा राजनीतिक घटनाक्रमका समाधान राजनीतिक नै हुनु पर्ने बताउदै राजनीतिक घटनाक्रमलाई अपराधिक रंग दिएर जेलमा हाल्ने, थुन्ने हो भने कुनै पनि हालतमा समाधान नहुने अध्यक्ष यादवको भनाई छ । सरकार गलत दिशा तर्फ अघि बढेको छ, बिगतका घटना हेर्ने हो भने टाउकाको मूल्य तोकिएकै हो, राजतन्त्रका बेला रामराजा प्रसाद सिंहलाई त् सर्बोच्चले फाँसीको सजाय घोषाणा गरेको स्मरण गर्दै धेरै मान्छे कैयौं वर्ष जेल जीवन बिताएका थिए ।के त्यति गरेर पनि के राजनीति अभिष्ट पुरा भयोत ? के राजतन्त्र टिक्यो त ?उनले प्रश्न गरे ।जब सम्म असमानता र विभेद रहन्छ तब सम्म यस्तै बिद्रोह चलिरहने समेत यादवले बताए । मलाई थुनेर मधेसको मुद्दालाई ब्युताउन खोजेका थिए झन् ठुलो विस्फोट हुन् गयो उनले भने ।लुम्बिनी प्रदेश समाजबादी महिला संघमा आबद्घ महिलाहरुका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न पार्टी अध्यक्ष यादव दाङ्ग आएको लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताए । लुम्बिनी प्रदेशका बाह्र वटा जिल्लाका एक सय भन्दा बढी महिलाहरु कार्यक्रममा सहभागी भएका छन् उक्त प्रशिक्षण आइतवार र सोमवार गरि दुई दिन चल्ने छ ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोसडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न