गृहपृष्ठ ∕ राजनीति ∕ बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने, केहीबेरमा पत्रकार सम्मेलन बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने, केहीबेरमा पत्रकार सम्मेलन दीप संञ्चार पुस ५, २०७७ गते १३:४४ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्रीहरुलाई समेत नसोधी संसद बिघटनको प्रस्ताव गरेपछि बहुमत मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। मन्त्रीहरुले केहीबेरमा पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने निर्णय लिने ती मन्त्रीले बताए।‘एउटै क्याबिनेटमा भएका मन्त्रीहरुलाई जानकारीसमेत नदिई अध्यादेश ल्याइयो। आइतबारको मन्त्रिपरिषद बैठकमा पनि हामीलाई त्यस्तै गरियो’ ती मन्त्रीले भने, ‘गल्ती प्रधानमन्त्रीले गर्ने, दोषी हामी सबै मन्त्री हुनुपर्ने कुरा ठीक होइन।’प्रधानमन्त्री ओलीले गरेको संसद बिघटनको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको छ। राष्ट्रपतिले सिफारिस स्वीकृत गर्ने वा नगर्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी आइसकेको छैन। यद्यपि, राष्ट्रपतिका एक जना सल्लाहकार लालबाबु यादवले सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले रोक्न नमिल्ने बताइसकेका छन्।मन्त्रीहरुले सामूहिक रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि राष्ट्रपतिको निर्णयपछि मात्र पत्रकार सम्मेलनको आधिकारिक जानकारी दिइने ती मन्त्रीले बताए। उनका अनुसार राष्ट्रपतिले विवेक पुर्याएमा देशमा विद्यमान संकट तत्कालका लागि समाधान हुनेछ। यदि राष्ट्रपतिले असंवैधानिक सिफारिसलाई अनुमोदन गरेमा ओली सरकारमा बसिरहनुको कुनै औचित्य छैन।पत्रकार सम्मेलन कहाँ र कतिबेला हुने भन्ने विषय खुलाइएको छैन। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटनको सिफारिस स्वीकृत गरेमा नेकपाका बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने निश्चित छ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा