गृहपृष्ठ ∕ राजनीति ∕ हामी निर्वाचन आयोग गइसक्यौं, बालुवाटारको बैठक नौटंकी मात्र : प्रचण्ड हामी निर्वाचन आयोग गइसक्यौं, बालुवाटारको बैठक नौटंकी मात्र : प्रचण्ड दीप संञ्चार पुस ६, २०७७ गते १८:०० मा प्रकाशित काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताएका छन् । साथै उनले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताए ।प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले पुस ७ गते १ बजे केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव लैजाने निर्णय गरेको थियो । यो बैठकमा स्थायी कमिटीका ४५ मध्ये ३१ सदस्य उपस्थित थिए ।प्रधानमन्त्री ओलीले भने भोलि विहान ९ बजे केन्द्रीय कमिटीको छुट्टै बैठक बोलाएका छन् ।पार्टीका अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाएको आफूले पनि जानकारी पाएको प्रचण्डले बताए । बानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी केन्द्रीय कमिटीको बैठकमा जाँदैछौं भनेर हामीले हिजै स्थायी समितिको बैठकबाट निर्णय गरिसकेका छौं । त्यो निर्णय निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराइसकिएको छ ।’हिजो पार्टी एकता गर्दाका ४४१ जनाको हस्ताक्षरसहितको सूची निर्वाचन आयोगमा रहेको भन्दै उनले भने, केन्द्रीय कमिटीको वैधानिकता अथवा बहुमतको स्थिति के हो भन्ने विचार नगरी निर्वाचन आयोगबाट कुनै कदम चालिने छैन भन्ने विश्वास पनि लिएका छौं । त्यसकारण हामीले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।’केन्द्रीय समितिको अत्यधिक बहुमत आफूहरुसँग रहेकाले बैधानिकताको प्रश्न नउठ्ने उनले बताए । ‘मलाई लाग्छ झण्डै दुई तिहाई हामी छौं’ उनले भने, ‘त्यसकारण वैधानिकतामा कुनै सवाल उठ्न सक्दैन । भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक नै वास्तविक हुन्छ । बालुवाटारमा बोलाइएको ९ बजेको कथित बैठक नौटंकीबाहेक केही हुँदैन ।’स्रोत – अनलाइन खबर क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न