गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास दीप संञ्चार पुस ८, २०७७ गते २:०१ मा प्रकाशित दोहा – विवेकशील साझा पार्टी प्रवासले प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटनको लागि चालेको कदमलाई असंवैधानिक भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ।प्रवासले कतार स्थित नेपाली राजदूतावास मार्फत नेपाल सरकार मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयलाई एक ज्ञापन पत्र मार्फत यस्तो आग्रह गरेको हो।विवेकशील साझा पार्टी प्रवासका केन्द्रि सदस्य सुरेश भट्ट आश्रिन द्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, “प्रधानमन्त्री केपी ओलीले अनायास संसद विघटनको सिफारिश गर्नु असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम र संविधानमाथिको स्पष्ट ‘कू’ भएको ठहर गर्दै हामी प्रवासमा रहेका नेपालीहरुका तर्फबाट यो कदमबाट पछि हट्न अनुरोध गर्दछौँ ।”श्रमिक नेपालीको पिडामा बेखबर रहेको सरकारले यस्ता जनविरोधी काम गर्नू भनेको कर्तव्य विमुखको पराकाष्ठा भएको दाबि गर्दै पत्रमा नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको तथा संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई हुँदाहुँदै निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री र राष्ट्रपतिले देशमाथी घात गरेको ठहर गरिएको समेत उल्लेख गरिएको छ।उक्त ज्ञापन पत्रमा पटकपटक सर्वोच्च अदालतबाट विदेशमारहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न गरेको आदेश समेत पालना नगरेको तथा कोरोनाकालमा समेत प्रवासमा रहेका प्रवासीलाई वेवास्ता गरेको आरोप लगाउंदै यस पछिल्लो कदमले प्रवास रहेका लाखौँ श्रमजीवी नेपालीको मन कुँडिएको कुरा उल्लेख गरेको छ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा