गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको राजपुरमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा दाङ्गको राजपुरमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा प्रिया स्मृती गजमेर पुस २३, २०७७ गते १८:५५ मा प्रकाशित दाङ्ग – देउखुरीको ग्राहकहरुको मागलाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले राजपुर गाउँपालिकामा ग्राहक सेवा केन्द्र अन्तरगर्त शाखा रहित बैङकिङ सेवा शुरु गरेको छ ।बिहिवार एक औपचारिक कार्यक्रमका बिच ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको हो । माछापुच्छ्रे बैंक लमही शाखाका प्रमुख मधुसुदन श्रेष्ठको अध्यक्ष तथा राजपुर गाउँपालिकाका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको शुरुवात हुनु सकरात्मक रकेको भन्दै खुसी व्यक्त गरे ।उनले पछिल्लो समय धेरैजसो कारोबार बैङकिङ प्रणालीबाट चल्न थालेको भन्दै सुरक्षा, पारदर्शीता र सहजताको लागि बैङकिङ कारोबारबाट सहज हुने पनि बताए । कार्यक्रममा बिशिष्ट अतिथि राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्माले स्थानीयलाई आर्थिक कारोबारकोे लागि बैंकको ग्राहक सेवा केन्द्रले सघाउ पुग्ने बताए । कार्यक्रममा माछापुच्छ्रे बैंक केन्द्रिय कार्यालय शाखा रहित सेवाका इन्चार्ज मुकुन्द भट्टराई र बैंकका लुम्विनी प्रदेश प्रमुख नारायण केसीले ग्राहक सेवा केन्द्रको शाखा रहित सेवाबाट पाइने सेवा सुविधाको वारेमा जानकारी गराएका थिए ।कार्यक्रममा समाजसेवी भोगेन्द्र सिंह राजपुत, तुलीराम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शाखा रहित बैंङकिङ सेवा राजपुरका प्रतिनिधि हरिराज धितालको स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोख्रेलले गरेका थिए । यसैविच राजपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गा प्रसाद शर्माको खाता खोलेर ग्राहक सेवा केन्द्रको कारोबारको औपचारिक शुरुवात गरिएको छ । ग्रामिण क्षेत्रमा बैंङकिङ सेवा उपलव्ध गराउने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले पनि आफ्नो सेवालाई गाउँ केन्द्रित गर्न थालेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा