गृहपृष्ठ ∕ आर्थिक ∕ सहकारीमा आर्थिक पारदर्शीता र सुशासन हुन जरुरी छ — अध्यक्ष यादव सहकारीमा आर्थिक पारदर्शीता र सुशासन हुन जरुरी छ — अध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस २५, २०७७ गते २०:२१ मा प्रकाशित दाङ्ग—गढवा बचत तथा ऋण सहकारी संस्था गढवा को १३ औं साधरण सभा शनिवार गढवामा सम्पन्न भएको छ ।गढवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गढवा सहकारीको आधारभुत सिद्धान्तको पालना गर्दै सेवा ग्राहिहरुको मागलाई मध्यनजर गर्दै सर्व सुलभ सेवा प्रवाह गर्दै जाने शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहजराम अहिरले युवाहरुको समुहले नेतृत्व गर्दै सेवा प्रवाह गरिरहेको यस गढवा सहकारीले आउने दिनमा योजनाबद्द तरिकाले अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताए । साथै उनले सहकारीहरुमा आर्थिक पारदर्शीता र सुशासन कायम रहे जन विश्वास सजिलै जित्न सकिने बताए ।सहकारी को आर्थिक वर्ष २०७६÷०७८ मा २ करोड २३ लाख १ हजार ५९५ रुपैया ४८ पैसा आय ब्याय भएको आर्थिक प्रतिबेदन कोषाध्यक्ष शरण कौशलले प्रस्तुत गरेका थिए । २०६४ साल जेठ ८ गते स्थापना भएको गढवा बचत तथा ऋण सहकारी संस्थाको हाल १ हजार ९ जना शेयर सदस्य र ३० लाख २५ हजार शेयर पुजि रहेको सहकारी प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचीव फणाधर रिजालले बताए ।कार्यक्रममा पुर्व अध्यक्ष अशोक केसी, लिला सिंह ठकुरी, रोशन धिताल ,भरतराज पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी उपाध्यक्ष नेत्रा खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमम को संचालन सहकारी संस्थाकी व्यवस्थापक सुलोचना चौधरीले गरेकी थिइन ।क्याटेगोरी : आर्थिक, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…लमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा