गृहपृष्ठ ∕ समाचार ∕ तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत अंकित रावल पुस २५, २०७७ गते २०:४१ मा प्रकाशित दाङ–दाङको तुल्सीपुर स्थित तुल्सीपुर इन्जिनियरिङ कलेजले अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । देउखुरीमा अवस्थित जखेरा तालमा बनभोज कार्यक्रमको आयोजना गरी करिब ६० जना नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।कार्यक्रममा कलेजका सञ्चालक दिपेन्द्र वलीले सम्पुर्ण बिद्यार्थीहरुलाई स्वागत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत अमृत कँडेलले तुल्सीपुर इन्जिनियरिङको भबिष्यका योजनाहरुको सम्बन्धमा जनकारी गराएका थिए।कँडेलका अनुसार कलेजमा टेलिकम टेक्निसियन, इलेक्ट्रीसियन, कम्प्युटर अपरेटर लगायतका तह-२ प्राबिधिक बिषयहरुमा युवाहरूको आकर्षण छ। एसईई परीक्षामा डी प्लस ग्रेड भन्दा माथी ल्याउनेले सहजरूपमा पढ्न पाउने र पढाइ सकेपछी जागीर पाउन सहज हुने हुनाले यस बिषयमा बिद्यार्थीहरुको आकर्षण बढ्दो छ ।त्यस्तै सञ्चालक वलीले तुल्सीपुर इन्जिनियरिङ कलेजलाई बिश्वास गरेर आएका बिद्यार्थीहरुको भबिष्यलाई सुनिश्चित गर्न कलेजले अहोरात्र खट्नुका साथै प्रयोगात्मक शिक्षाको लागि सोही अनुरुपको वातावरण सिर्जना गर्ने प्रतिबद्धता समेत गरेका थिए। उनले कोर्षको २० प्रतिशत सैद्धान्तिकर ८०% प्रयोगात्मक कक्षाको ब्यबस्था मिलाइएको हुँदा विद्यार्थीलाई पढन र बुझ्न धेरै सहज हुनुका साथै सम्बन्धित बिषयको फिल्डमा महिनामा एक पटक अवलोकन गराइने हुनाले त्यसको उच्च प्रभावकारीता भएको जिकिर गरे ।“सीप,शिक्षा र रोजगारको लागि आजको आबश्यकता गुणस्तरीय प्राबिधिक शिक्षा” भन्ने मूल नाराका साथ स्थापना भएको यस इन्जिनियरिङ कलेजले स्थापना काल देखि नै देखि नै देशकै उत्कृष्ट नतिजा ल्याउदै आएको छ भने अहिलेको यो ब्याज कलेजको चौथो ब्याज हो।विभिन्न संघसंस्थामा आबद्ध ब्यक्ति , समाजसेवी तथा शिक्षाप्रेमी लगायत करीब ९० जनाको सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण ज्ञान सञ्चार नेपालका प्रशिक्षक तेज बहादुर डागीले गरेका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा